स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा हुने - Naya Online

स्थानीय तहको निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा हुने

नेपालगन्ज, ३० जेठ ।

आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्लाका राजनीतिक दलका नेता, तथा उम्मेदवारलाई अहिले निकै चटारो छ ।
आ–आफ्नो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा, पोस्टर बोकेर माइकिङ गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवार घरदैलो अभियानमा लागेका छन् । जिल्लाको डुडुवा, जानकी, बैजनाथपुर, खजुरा, राप्तीसोनारी, नरैनापुर गाउँपालिका तथा खजुरा नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका लागि प्रायः सबै राजनीतिक दलले आ–आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।
राजनीतिक विश्लेषकका अनुसार जिल्लाको स्थानीय निकाय निर्वाचनमा मुख्यतया तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच नै त्रिकोणीय प्रतिस्पर्धा हुने सम्भावना छ ।
राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भयो भने त्रिकोणीय प्रतिस्पर्धामा केही फरक पर्नसक्ने राजनीतिक विश्लेषकद्धय डा जनार्नद आचार्य र अर्जुन पोखरेलको निचोड छ ।
विसं.२०४८को संसदीय निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले २०५१ को मध्यावधि निर्वाचनमा सबै सिट गुमाएको थियो । त्यो निर्वाचनमा राप्रापाले तीन सिट कब्जा जमाएको थियो ।
पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमले चार (एक निर्वाचन क्षेत्र थपिएको) सिट जितेको थियो भने दोस्रो संविधानसभाको निर्वाचनमा भने नेकपा (एमाले) ले तीन र नेपाली काँग्रेसले एक सिटमा जित हासिल गरेको थियो ।
निर्वाचनको पूर्वानुमानलाई मतदाताले पटक/पटक गलत सावित गरेकाले कुन दलको वर्चस्व कायम हुन्छ भन्ने अनुमान गर्न कठिन भएको हो ।
अव हुने स्थानीय निकायको निर्वाचनमा उपमहानगरपालिकाको नेतृत्वलाई आप्mनो अस्तित्वसंग जोडको पाइन्छ ।
सो उपमहानगरपालिकाका लागि काँग्रेसले डा सुरेशकुमार कनौडिया, एमालेले समसुद्दिन सिद्धिकी, नेकपा (माओवादी केन्द्र)ले दामोदर आचार्य र राप्रपाले डा धवल शमशेर राणालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार बाँके जिल्लाका कूल दुई लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा आप्mनो मताधिकार प्रयोग गर्न पाउने छन् । कूल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रोलिङ्गी एकजना छन् ।
निर्वाचनमा मतदाताले सहजरुपमा मतदानमा भाग लिन सकुन भन्ने उद्देश्यले जिल्लाका १३६ मतदानस्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । त्यसैगरी, निर्वाचन अघि र पछिको समयमा जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ बनाउन जिल्ला सुरक्षा समितिले रणनीतिक योजनासमेत बनाएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थर्ले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि तयार गरेको सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजना अन्तर्गत जिल्लाको ४० स्थानमा सशस्त्र प्रहरी पोस्ट र १५ स्थानमा नेपाली सेनालाई तैनाथगरिसकेका छौ राखिसकेका छौ ।”
सुरक्षा व्यवस्थापन अन्तर्गत सीमा क्षेत्रमा भारत र नेपालको संयुक्त सुरक्षा फौजलेसंयुक्त गस्ती गरिरहेको, गाउँबस्ती, सहरका टोलटोलमा सुरक्षालाई थप चुस्त बनाइएको पनि प्रजिअ पन्थले जानकारी गराउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...