निर्वाचनका बेला सीमा बन्द गर्ने सहमति - Naya Online

निर्वाचनका बेला सीमा बन्द गर्ने सहमति

भीमदत्तनगर, ३० जेठ ।

स्थानीय तहको निर्वाचनका बेला आगामी असार १२ गतेदेखि १४ गतेसम्म नेपाल–भारत सीमा बन्द गर्ने सहमति भएको छ ।
सोमबार भीमदत्तनगरमा नेपाल–भारत सीमा समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर ४८ घन्टाका लागि सीमा नाका बन्द गर्ने सहमति गरेकोे हो ।
संयुक्त बैठकमा असार १२ गते बिहान ६ बजेदेखि १४ गते साँझ ५ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द गर्ने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभयो । निर्वाचनबा बेला सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले सुरक्षा सतर्कता बढाउने सहमति भएको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रजिअ खनालले निर्वाचनका बेला दुवै देशका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्ने बताउनुभयो । “सीमामा आवात जावत गर्ने व्यक्ति र सवारीसाधनमाथि विशेष निगरानी राखिने छ,” उहाँले भन्नुभयो । सीमा क्षेत्रमा हुने तस्करी, मानव बेचबिखनलगायत गतिविधि न्यूनीकरणका लागि दुवै देशका अधिकारी सहमत भएका छन् ।
संयुक्त बैठकमा प्रजिअ खनाल, बरिष्ठ प्रहरी उपरीक्षक सुशील भण्डारी, प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द, सशस्त्र प्रहरी उपरीक्षक ईन्द्रराज कार्की, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, सहायक वन अधिकृत बीरबहादुर ठगुन्ना तथा भारतकातर्फबाट चम्पावत जिल्लाका प्रमुख जिल्ला अधिकारी डा ईदवाल अहमद, पिलिभितका प्रमुख जिल्ला अधिकारी शीतल बर्मा, उधमसिंहनगरका प्रमुख जिल्ला अधिकारी आलोककुमार पाण्डे, भारतीय सिमा सुरक्षा बल(एसएसबी)का कमान्डेण्ट दिलबाग सिंह, भारतीय प्रहरी उपरीक्षकद्वय राजगुरु र रोहित मिश्रालगायतको सहभागिता रहेको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पाँचथरको कुम्मायक गाउँपालिका–१ मा गठबन्धनका पदमा देवेन्द्र कुमार लावती विजयी

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको–१ नम्बर वडामा गठबन्धनतर्फका देवेन्द्र कुमार लावती बहुमतले विजयी बनेका...

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

अवसरवादी र अहंकारवादी तत्वलाई मतदान नगर्न लावतीको आग्रह

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित साविक वडा नम्बर...

वडाध्यक्षका उम्मेदवारले गरे बराहक्षेत्रका सर्जकहरुसगँ अन्तरक्रिया

धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले...

गठबन्धनका उम्मेदवारलाई जिताउन जनआकांक्षाको लहर बढ्दो

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउपालिकाको ५ वटै वडामा ४ दलीय गठबन्धनको चुनावी...

कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवारले स्वतः चुनाव जित्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर, १४ वैशाख । चुनावी मनोनयन दर्ता भएपछि कुम्मायक गाउँपालिकामा पनि...

चारदल चुनावी गठबन्धनको बाजी मार्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर । पाचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा...

दुर्घटनमा मृतक तथा घाइतेको सनाखत

धरान, २ वैशाख । भेडेटार दुर्घटनामा परेका मृतक तथा घाइतेको सनाखत भएको छ ।...