पूर्वाग्रहरहित समाचार सम्प्रेषणमा जोड - Naya Online

पूर्वाग्रहरहित समाचार सम्प्रेषणमा जोड

भोजपुर, ३० जेठ ।

सूचना तथा सञ्चार मन्त्रालयका पूर्व सञ्चार सल्लाहकार राजेन्द्र किराँतीले पत्रकारले पूर्वाग्रहरहित समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भोजपुरको आयोजनामा भएको ‘स्थानीय तहको निर्वाचनमा दलहरुको एजेन्डा तथा पत्रकारको भूमिका’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्नुहँुदै उहाँले सुक्ष्म अध्ययन गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनको सन्दर्भमा दलहरुका उम्मेदवारले उठाएका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने र स्थानीय तहको विकास तथा आर्थिक समृद्धिको लागि काम गर्ने व्यक्तिका लागि जनताले मतदान गर्ने सहभागीको धारणा थियो ।
बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा जनताको उत्साह भएकाले यसका लागि सञ्चारमाध्यमले समेत सकारात्मक सन्देश प्रवाह गर्नेमा विश्वस्त रहेको उहाँहरुको भनाइ थियो ।

बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

यसैबीच, निर्वाचनका कुनैपनि गतिविधि सञ्चालनमा बालबालिकाको प्रयोग नगर्ने भनी सरोकारवालाले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
चुनावी प्रचारप्रसारका लागि भोजपुरका केही दलहरुले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न बालबालिका र बाल अधिकारकर्मीले दलहरुलाई आग्रह गरेका हुन् ।
निर्वाचनमा बालबालिकाको प्रयोग निर्वाचन आचारसंहिता विपरीत हुने र बालअधिकारको हननसमेत हुने भएकाले निर्वाचनमा बालबालिका प्रयोग नगर्न अनुगमन समितिसमेत गठन गरिएको छ ।
जिल्लामा क्रियाशील १३ राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने गरी सामूहिक प्रतिबद्धता गरेका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पाँचथरको कुम्मायक गाउँपालिका–१ मा गठबन्धनका पदमा देवेन्द्र कुमार लावती विजयी

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको–१ नम्बर वडामा गठबन्धनतर्फका देवेन्द्र कुमार लावती बहुमतले विजयी बनेका...

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

अवसरवादी र अहंकारवादी तत्वलाई मतदान नगर्न लावतीको आग्रह

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित साविक वडा नम्बर...

वडाध्यक्षका उम्मेदवारले गरे बराहक्षेत्रका सर्जकहरुसगँ अन्तरक्रिया

धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले...

गठबन्धनका उम्मेदवारलाई जिताउन जनआकांक्षाको लहर बढ्दो

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउपालिकाको ५ वटै वडामा ४ दलीय गठबन्धनको चुनावी...

कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवारले स्वतः चुनाव जित्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर, १४ वैशाख । चुनावी मनोनयन दर्ता भएपछि कुम्मायक गाउँपालिकामा पनि...

चारदल चुनावी गठबन्धनको बाजी मार्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर । पाचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा...

दुर्घटनमा मृतक तथा घाइतेको सनाखत

धरान, २ वैशाख । भेडेटार दुर्घटनामा परेका मृतक तथा घाइतेको सनाखत भएको छ ।...