परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द - Naya Online

परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द

डडेल्धुरा, ३० जेठ । बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ ।

असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन/अध्यापन बन्द रहेको छ । क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्यापन सञ्चालन हुन नसकेको क्याम्पस सञ्चालकको भनाइ रहेको छ ।

विसं २०६५ देखि महेन्द्र नमुना मावि परिसरभित्र सञ्चालनमा आएको क्याम्पसले नौ वर्षसम्म आफ्नो भवन बनाउन सकेको छैन । महेन्द्र नमुना माविले विद्यालयभित्र क्याम्पस सञ्चालन गर्न नदिएपछि विगत एक महिनादेखि क्याम्पसको पठनपाठन ठप्प बनेको हो । बिबिएस प्रथम वर्षमा मात्रै ६०÷६५ जना विद्यार्थी अध्ययनरत थिए ।

क्याम्पस बन्द भएपछि प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी घर बस्न बाध्य छन् । अन्य क्याम्पसमा अध्ययरनरत विद्यार्थी परीक्षाको तयारीमा जुटेको समयमा भिमदत्त क्याम्पस भने बन्द छ ।

सदरमुकाम खलङ्गामा रहेको महेन्द्र नमुना माविमा क्याम्पस सञ्चालन गरिएको थियो । अहिले बसपार्कको पूर्वमा क्याम्पसको भवन निर्माणाधीन अवस्थामा रहेको छ । व्यवस्थापन समिति र क्याम्पस प्रमुखले क्याम्पस सञ्चालनका लागि चासो नदेखाउँदा क्याम्पस बन्द भएको क्याम्पसका शिक्षक प्रकाश चटौतले जानकारी गराउनुभयो ।

उहाँका अनुसार विद्यार्थीले बारम्बार क्याम्पस कहिले सन्चालनमा आउँछ भनी सोध्ने गरेका छन् तर कहिले सञ्चालनमा आउने उहाँसँग जवाफ छैन ।

क्याम्पस प्रमुख तथा व्यवस्थापन समिति अध्यक्षले यो विषयमा कुनै जानकारी नै गराउँदैनन् भने अभिभावकले पनि क्याम्पस सञ्चालनका लागि कुनै चासो नदेखाएको विद्यार्थी बताउँछन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...