परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द - Naya Online

परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द

डडेल्धुरा, ३० जेठ । बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ ।

असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन/अध्यापन बन्द रहेको छ । क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्यापन सञ्चालन हुन नसकेको क्याम्पस सञ्चालकको भनाइ रहेको छ ।

विसं २०६५ देखि महेन्द्र नमुना मावि परिसरभित्र सञ्चालनमा आएको क्याम्पसले नौ वर्षसम्म आफ्नो भवन बनाउन सकेको छैन । महेन्द्र नमुना माविले विद्यालयभित्र क्याम्पस सञ्चालन गर्न नदिएपछि विगत एक महिनादेखि क्याम्पसको पठनपाठन ठप्प बनेको हो । बिबिएस प्रथम वर्षमा मात्रै ६०÷६५ जना विद्यार्थी अध्ययनरत थिए ।

क्याम्पस बन्द भएपछि प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी घर बस्न बाध्य छन् । अन्य क्याम्पसमा अध्ययरनरत विद्यार्थी परीक्षाको तयारीमा जुटेको समयमा भिमदत्त क्याम्पस भने बन्द छ ।

सदरमुकाम खलङ्गामा रहेको महेन्द्र नमुना माविमा क्याम्पस सञ्चालन गरिएको थियो । अहिले बसपार्कको पूर्वमा क्याम्पसको भवन निर्माणाधीन अवस्थामा रहेको छ । व्यवस्थापन समिति र क्याम्पस प्रमुखले क्याम्पस सञ्चालनका लागि चासो नदेखाउँदा क्याम्पस बन्द भएको क्याम्पसका शिक्षक प्रकाश चटौतले जानकारी गराउनुभयो ।

उहाँका अनुसार विद्यार्थीले बारम्बार क्याम्पस कहिले सन्चालनमा आउँछ भनी सोध्ने गरेका छन् तर कहिले सञ्चालनमा आउने उहाँसँग जवाफ छैन ।

क्याम्पस प्रमुख तथा व्यवस्थापन समिति अध्यक्षले यो विषयमा कुनै जानकारी नै गराउँदैनन् भने अभिभावकले पनि क्याम्पस सञ्चालनका लागि कुनै चासो नदेखाएको विद्यार्थी बताउँछन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...