जनकपुरमा काँग्रेसलाई ठूलो धक्का, ससफो थप बलियो हुँदै - Naya Online

जनकपुरमा काँग्रेसलाई ठूलो धक्का, ससफो थप बलियो हुँदै

जनकपुर २९, जेष्ठ ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति श्यामचन्द्र यादव पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।
कांग्रेस पार्टी मधेस विरोधी रहेको आरोप लगाउँदै यादवले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी ससफो नेपाल प्रवेश गर्नुभएको हो ।
फोरम नेपालको तराई मधेस प्रदेश समितिको कार्यालय धनुषामा सोमबार आयोजित समारोहमा कांग्रेसका पूर्वक्षेत्रीय सभापति यादवले आफ्ना दलबलसहित फोरम नेपालमा आबद्ध हुनुभएको हो । नवप्रवेशी यादवालाई फोरम नेपाल तराई मधेस प्रदेश समितिका सचिव शेषनारायण यादवले टीका र फूलमाला लगाई पार्टी प्रवेश गराउनुभएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी यादवले मधेशको मागप्रति कांग्रेस पार्टी समान्तवादी चरित्रबाट ग्रसित भई उदासीन रहेको कारण मधेशको हकहितका लागि साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी मधेसको मुद्दामा आफ्नो विचार र सिद्धान्त फोरम नेपालसँग मिल्ने भएको कारण फोरम नेपालमा प्रवेश गरेको दावी गर्नुभयो ।
मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला लगायत उत्पीडनमा परेका समुदाय तथा वर्गको हक अधिकार प्राप्तिका लागि संघीय समाजवादी फोरम नेपाल निरन्तर संघर्षमा रहेकोले फोरम नेपालमा प्रवेश गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।
फोरम नेपाल देशमा मधेसी, आदिवासी जनजाति लगायतलाई पहिचान, स्वाभिमान तथा समानुपातिक, समावेशी लगायतका मुद्दामा आफ्नो विचार र सिद्धान्त मिल्ने भएको हुनाले आफूलगायत शुभचिन्तक साथी भाईहरु समेत फोरम नेपालमा प्रवेश गरेको जिकिर गर्नुभयो ।
सोमबार बिहान उहाँले प्रेस विज्ञप्ति जारी गरी काँग्रेस मधेसको जायज मागप्रति उदासीन भई सामन्तवादी चरित्र देखाउँदै आएकोले मधेसको हक अधिकार प्राप्तिका लागि जारी संघर्षलाई सहयोग गर्न पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
यादव विद्यार्थी जीवनकालदेखि नै पार्टीको आन्दोलनमा विभिन्न सक्रिय भूमिका निर्वाह गर्दै आएको र काठमाडौं तथा जलेश्वर जेलमा समेत प्रजातन्त्र व्यवस्थाका लागि कारावास जीवन बिताइसक्नुभएका नेता हुनुहुन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...