जनकपुरमा काँग्रेसलाई ठूलो धक्का, ससफो थप बलियो हुँदै - Naya Online

जनकपुरमा काँग्रेसलाई ठूलो धक्का, ससफो थप बलियो हुँदै

जनकपुर २९, जेष्ठ ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति श्यामचन्द्र यादव पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।
कांग्रेस पार्टी मधेस विरोधी रहेको आरोप लगाउँदै यादवले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी ससफो नेपाल प्रवेश गर्नुभएको हो ।
फोरम नेपालको तराई मधेस प्रदेश समितिको कार्यालय धनुषामा सोमबार आयोजित समारोहमा कांग्रेसका पूर्वक्षेत्रीय सभापति यादवले आफ्ना दलबलसहित फोरम नेपालमा आबद्ध हुनुभएको हो । नवप्रवेशी यादवालाई फोरम नेपाल तराई मधेस प्रदेश समितिका सचिव शेषनारायण यादवले टीका र फूलमाला लगाई पार्टी प्रवेश गराउनुभएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी यादवले मधेशको मागप्रति कांग्रेस पार्टी समान्तवादी चरित्रबाट ग्रसित भई उदासीन रहेको कारण मधेशको हकहितका लागि साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी मधेसको मुद्दामा आफ्नो विचार र सिद्धान्त फोरम नेपालसँग मिल्ने भएको कारण फोरम नेपालमा प्रवेश गरेको दावी गर्नुभयो ।
मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला लगायत उत्पीडनमा परेका समुदाय तथा वर्गको हक अधिकार प्राप्तिका लागि संघीय समाजवादी फोरम नेपाल निरन्तर संघर्षमा रहेकोले फोरम नेपालमा प्रवेश गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।
फोरम नेपाल देशमा मधेसी, आदिवासी जनजाति लगायतलाई पहिचान, स्वाभिमान तथा समानुपातिक, समावेशी लगायतका मुद्दामा आफ्नो विचार र सिद्धान्त मिल्ने भएको हुनाले आफूलगायत शुभचिन्तक साथी भाईहरु समेत फोरम नेपालमा प्रवेश गरेको जिकिर गर्नुभयो ।
सोमबार बिहान उहाँले प्रेस विज्ञप्ति जारी गरी काँग्रेस मधेसको जायज मागप्रति उदासीन भई सामन्तवादी चरित्र देखाउँदै आएकोले मधेसको हक अधिकार प्राप्तिका लागि जारी संघर्षलाई सहयोग गर्न पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
यादव विद्यार्थी जीवनकालदेखि नै पार्टीको आन्दोलनमा विभिन्न सक्रिय भूमिका निर्वाह गर्दै आएको र काठमाडौं तथा जलेश्वर जेलमा समेत प्रजातन्त्र व्यवस्थाका लागि कारावास जीवन बिताइसक्नुभएका नेता हुनुहुन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...