असन्तुष्ट राजपालाई सहमतिमा ल्याउन संवाद जारी राखिने - Naya Online

असन्तुष्ट राजपालाई सहमतिमा ल्याउन संवाद जारी राखिने

काठमाडौँ, २९ जेठ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनका विषय नै प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा नै पूरा गर्ने र असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई सहमतिमा ल्याउने विषयमा थप वार्ता र संवादको प्रक्रिया जारी राख्ने विषयमा कुराकानी भएको थियो ।
सहमति र सझदारीका आधारमा नै निर्वाचन प्रक्रियालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यस्तै छलफलमा मन्त्रिपरिषद् विस्तार र सरकारका अन्य काम कारबाहीका विषयमा समेत कुराकानी भएको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...