असन्तुष्ट राजपालाई सहमतिमा ल्याउन संवाद जारी राखिने - Naya Online

असन्तुष्ट राजपालाई सहमतिमा ल्याउन संवाद जारी राखिने

काठमाडौँ, २९ जेठ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनका विषय नै प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा नै पूरा गर्ने र असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई सहमतिमा ल्याउने विषयमा थप वार्ता र संवादको प्रक्रिया जारी राख्ने विषयमा कुराकानी भएको थियो ।
सहमति र सझदारीका आधारमा नै निर्वाचन प्रक्रियालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यस्तै छलफलमा मन्त्रिपरिषद् विस्तार र सरकारका अन्य काम कारबाहीका विषयमा समेत कुराकानी भएको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...