सञ्चार मन्त्रालयको सूचनाको हक प्रयोगसम्बन्धी परीक्षण - Naya Online

सञ्चार मन्त्रालयको सूचनाको हक प्रयोगसम्बन्धी परीक्षण

काठमाडौँ, २९ जेठ ।

राष्ट्रिय सूचना आयोगले मुलुकका वरिष्ठ पत्रकारमार्फत कार्यसम्पादनसम्बन्धी १० सूचकाङ्कलाई लेखाजोखा गरी सबै मन्त्रालयको सूचनाको हकको प्रयोगसम्बन्धी परीक्षण गरिरहेको छ ।
प्रमुख पत्रिकाका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिसमेत गरी १६ वरिष्ठ पत्रकारमार्फत नेपाल सरकारका ३१ वटै मन्त्रालयको आव २०७३/०७४ को सूचनाको हकको प्रयोगसम्बन्धी परीक्षण (आरटिआइ अडिट) भइरहेको हो ।
सूचना तथा सञ्चार मन्त्रालय मातहतका सबै निकायका सूचना अधिकारीका लागि आज मन्त्रालयमा आयोजित अन्तक्र्रियामा सूचनाको हकसम्बन्धी भएगरेका गतिविधिलाई तथ्य र प्रमाणसहित वस्तुनिष्ठ ढङ्गबाट प्रस्तुत गर्न ती अधिकारीहरुलाई अनुरोध गरियो ।
सो अवसरमा आयुक्त यशोदादेवी तिम्सिनाले हरेक निकायका कार्यालय प्रमुख र सूचना अधिकारीले इमान्दारीपूर्वक कर्तव्य पालना गरेमा सूचनाको हकसम्बन्धी व्यवस्था पूर्ण रुपमा कार्यान्वयन हुनाका साथै उत्कृष्ट नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आफ्नो मन्त्रालय मातहतका सबै निकायका प्रमुखको उपस्थितिमा पाक्षिक रुपमा मन्त्रालयमा बस्ने उच्च व्यवस्थापन समूहको बैठकमा कम्तीमा दिनको तीन पटक आआफ्नो निकायका वेबसाइट हेर्न निर्देशन दिइसकिएको जानकारी दिँदै आफ्नो मन्त्रालयबाट सूचनाको हक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पत्रकार महासङ्घका पूर्वसभापति शिव गाउँलेले सूचनाको माग र आपूर्तिसँग लोकतन्त्रको गहिराइ नापिने उल्लेख गर्दै सूचनाको हकको प्रयोगसम्बन्धी परीक्षणका क्रममा सञ्चार मन्त्रालय र मातहतका निकायको कार्यसम्पादन प्रक्रिया र उपलब्धिलाई सूक्ष्म रुपमा लेखाजोखा गरेर प्रतिवेदन तयार गरी आयोगमा पेस गरिने बताउनुभयो ।
सूचना आयोगले पहिलो पटक नेपाल सरकारका पूर्वसचिवहरुमार्फत गत आव २०७२/०७३ कोे यस किसिमको परीक्षण गराएको थियो । कार्यसम्पादन प्रक्रियामा व्यावसायिकता, जवाफदेहिता, पारदर्शितालगायत सूचकाङ्कलाई समेटेर कुल १०० अङ्कभार दिएको सो परीक्षणमा गत वर्ष शिक्षा, शान्ति तथा पुनःनिर्माण र वन तथा भूसंरक्षण मन्त्रालयले पूर्णाङ्क प्राप्त गरी उत्कृष्ट स्थान प्राप्त गरेका थिए । त्यसैगरीे जम्मा ५० अङ्क मात्र प्राप्त गरी सूचनाको हकसम्बन्धी परीक्षणमा सहरी विकास मन्त्रालय सबैभन्दा कमजोर देखिएको सूचना आयोगले जनाएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...