प्रहरीले सुराकमा विश्वास गर्दा ........ - Naya Online

प्रहरीले सुराकमा विश्वास गर्दा ……..

कैलाली, २९ जेठ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिराशतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो ।

मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हँुदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरका चालकलाई थुनुवा कक्षमा राखेर उनीहरुसँग भएको मोबाइल फोन बन्द गर्न लगाई आइतबार बिहान ११ः३० बजेसम्म भोकै प्रहरीको हिरासतमा राखेको थियो ।

उनीहरुलाई कसैको सम्पर्कमा पनि आउन दिइएको थिएन । आइतबार बिहान मात्र ट्याक्टर मालिकले काटेको रोयल्टी रसिद हेरेपछि प्रहरी आश्चर्यमा परे । आफूहरुले झुक्किएर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले स्वीकार गरेको छ । ट्याक्टर जिविसले तोकेको रोयल्टी तिरेको रसिदसहित बालुवा ढुवानीका लागि गोदावरी खोलामा गएका थिए ।

प्राप्त सूचनालाई राम्ररी अध्ययन नै नगरी ज्यालामजदुरी गरी खाने मजदुरलाई भोकभोकै एक रात थुनुवा कक्षमा राखी प्रहरी मानसिक यातनासमेत दिएकामा पीडित एक ट्याक्टर चालकले आक्रोश व्यक्त गरेका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...