एक पदमा दाजुभाइ भिड्दै - Naya Online

एक पदमा दाजुभाइ भिड्दै

धनगढी, २९ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–३को वडाध्यक्ष पदमा सहोदर दाजुभाइ फरक राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले बलबहादुर ऐरलाई र नेपाली काँग्रेसले उहाँका दाइ राजबहादुर ऐरलाई वडाध्यक्ष पदको उम्मेदवार तोकेको हो ।

एकै घरपरिवारका दाजुभाइले दुई फरक राजनीतिक दलबाट वडाध्यक्षमा टिकट पाएपछि परिवार, आफन्त, इष्टमित्रहरु कसलाई मत दिने भन्नेबारे अन्योलमा छन् ।

काँग्रेसबाट टिकट पाउनुभएका राजबहादुरले भन्नुभयो – “यस्तो अवस्थामा घरमा रहेका मत नबाँडिइकन जता गएपनि एकलौटी जान्छ ।”

“दाइ वा भाइमध्ये एकजनाले उम्मेदवारी छोड्नुपर्छ भन्ने छलफल घरपरिवारमा चलिरहेको र आफू जेठो भएकाले भाइले छोड्नु उचित हुने सल्लाह सबैले दिएको दाजु राजबहादुरले बताउनुभयो ।

एउटै आमाका सन्तान भए पनि फरक विचार र सिद्धान्त भएकाले फरक सपना र योजना बनाएर चुनावी दौडमा उत्रिएको उहाँहरुको भनाइ छ । बलबहादुरले झन्डै ४५ दिनअघि नै नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षको टिकट सुनिश्चित गरी आफ्नो चुनावी दौडमा होमिनुभएको हो ।

“दाइले टिकट पाएमा आफूले नउठ्ने मनःस्थिति पहिल्यै बनाएको थिएँ, बलबहादुरले भन्नुभयो – दाइले डेढ साताअघिमात्र टिकट पाए पनि अब आफूले छोड्न सक्ने सम्भावना छैन, धेरै अगाडि बढिसकेँ ।”

चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले मत माग्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गर्मी बढ्दै गएसँगै चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ ।

चुनावी सरगर्मीका बीच यतिबेला टोल र बस्तीका निजी घरमा विभिन्न दलका झन्डा टाँग्ने प्रतिस्पर्धा पनि बढेको छ ।

खासगरी ग्रामीण क्षेत्रका घर घरमा पार्टीका झन्डा र चुनाव चिह्न अङ्कित ब्यानर झुड्याउने रोचक प्रतिस्पर्धा देखिएको छ ।

“एउटा पर्टीको मान्छे आएर घरमा झन्डा टुङ्ग्याउँछ, स्थानीय श्यामराज चौधरीले भन्नुभयो – लगत्तै घरमा पुग्ने अर्को पार्टीको मान्छेले आफ्नो पार्टीको झन्डा टाँगीहाल्छ ।”

जोसुकैले घरमा झन्डा टाँगे पनि विरोध कसैको नगर्ने सहमति घरपरिवारका सदस्यमा बनेको छ ।

कैलाली जिल्लामा एक उपमहानगर (धनगढी), छ नगरपालिका र छ गाउँपालिकासमेत १३ स्थानीय तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धा काँग्रेस, एमाले, माओवादी केन्द्र, नेपाल फोरम लोकतान्त्रिक र राप्रपाका बीच हुन लागेको मतदाताको विश्लेषण छ ।

गएको संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ र ३ बाट तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार, क्षेत्र नं २ बाट एमालेका उम्मेदवार, क्षेत्र नं ४ बाट माओवादी केन्द्रका उम्मेदवार र क्षेत्र नं ५ र ६ बाट काँग्रेसका उम्मेवार विजयी भएका थिए ।

स्थानीय तहको चुनावमा होमिएका सबै उम्मेदवार आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै मतदातालाई आकर्षित गर्न आकर्षक नारा र योजना सुनाउन थालेका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...