सहमतिपछि सुत्केरीको शव उठ्यो - Naya Online

सहमतिपछि सुत्केरीको शव उठ्यो

रत्ननगर (चितवन), २९ जेठ । भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् ।

चितवनको भरतपुरमा व्यवसाय गर्दै आएकी नवलपरासीकी कोपिला ज्ञवालीको यही जेठ ७ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । उनको आइसियुमा राखेर उपचार गर्दा पनि सफल नहुँदा १९ दिनपछि गत शनिबार मृत्यु भएको थियो ।

चिकित्सकको लापर्बाहीले उनको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका थिए । आइतबार साँझ प्रमुख जिल्ला अधिकारी नारायण भट्टसहित भएको छलफल सहमतिमा टुङ्गेपछि साँझ ६ बजे शव उठेको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार सबैको पहलमा बालकलाई छात्रवृत्तिमा पठाइदिने र उनको आजीवन अस्पतालले निःशुल्क उपचार गर्नेलगायतको सहमतिपछि शव उठेको हो ।

उहाँका अनुसार सो विषयमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित एउटा समितिसमेत बनाइएको छ । अस्पतालले भने उनको इन्फेक्सन भएकाले मृत्यु भएको जनाएको छ । शिशुको स्वास्थ्य भने राम्रो छ ।

मृतकका दाजु जीवलाल पौडेल अस्पतालको लापर्बाही कै कारण बहिनीको मृत्यु भएको दाबी गर्नुहुन्छ । उहाँले घटनाको विषयमा एउटा समिति पनि बनाइएको र अन्तिममा बच्चाले चाहेमा जागिर दिने, अस्पतालले निःशुल्क उपचार गर्ने, सबैको पहलमा निःशुल्क पढाउने सहमति गरेर शव बुझेको बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...