राजपाको शक्ति केन्द्र सर्लाहीमा यसरी गर्जिए उपेन्द्र यादव - Naya Online

राजपाको शक्ति केन्द्र सर्लाहीमा यसरी गर्जिए उपेन्द्र यादव

फोरम नेपालको कार्यक्रम बिथोल्न खोज्ने राजपाका दुई सय कार्यकर्ता लखेटिए


सर्लाही २८, जेठ । संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बिथोल्ने चेतावनी दिएको राजपा कार्यकर्ताले उपेन्द्र यादवमाथि आक्रमणको प्रयास विफल पारिएको छ । सर्लाहीमा उपेन्द्र यादवलाई कार्यक्रम नै गर्न नदिने धम्की दिएर अवरोधमा उत्रिएका राजपा कार्यकर्तालाई फोरम नेपालका कार्यकर्ताले लखेटेका छन् ।
करिब दुई सयको संख्यामा रहेका राजपा कार्यकर्ताले फोरम नेपालको कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । तर, हजारौंको संख्यामा उपस्थित फोरम कार्यकर्ताले राजपाको अवरोधलाई विफल पारिदिए । राजपाको शक्ति केन्द्र मानिएको सर्लाहीमैं उनीहरुको कार्यकर्ता लखेटिएका छन् ।
राजपाका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला सर्लाही पुगेर अवरोधकाबीच पनि यादवले यसरी तामझामका साथ चुनावी कार्यक्रम सफल पारेका छन् । कार्यक्रममा राजपासहित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको समूहलाई यादवले पार्टीमा भित्र्याएका छन् ।
सर्लाहीको क्षेत्र न.ं ५ को मधुवन गोठमा आइतबार दिउँसो आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न हिडेका यादवलाई राजपाका करिब दुई सय कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । केही स्थानमा उनीहरुले कालो झन्डा समेत देखाए ।
राजपाका कार्यकर्ताहरुले बिहानैदेखि टायर बालेर सडक अवरोध गर्न खोजेका थिए । कालो झन्डा देखाउन खोजेपछि राजपा र फोरम नेपालका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।
कार्यक्रम बिथोल्न राजपाले गोप्य तयारी गरेको खुलासा भएपछि फोरम नेपाल र स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई थप बलियो बनाएका थिए । उच्च स्रोतका अनुसार राजपा मण्डलका अध्यक्ष राजेन्द्र महतोको प्रत्यक्ष निर्देशनमा सर्लाहीमा यादवको कार्यक्रम बिथोल्ने रणनीति बनेको थियो ।
मधेशको एजेन्डामा प्रष्ट हुन राजपालाई उपेन्द्र यादवको सुझाव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको माग र एजेन्डामा प्रष्ट हुन राजपालाई सुझाव दिएका छन् । सर्लाहीको मधुवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमर्लाइ सम्बोधन गर्दै अध्यक्ष यादवले एजेन्डाभन्दा बाहिर गएको राजपालाई मधेशका जनतालाई दिग्भ्रमित नपार्न पनि सुझाव दिए ।

‘राजपा आफ्नै एजेन्डामा प्रष्ट छैन । कहिले यो कहिले त्यो भन्छ । जाने कहाँ हो, पुगिने कहाँ हो, त्यसमा उनीहरु आफै क्लियर छैनन्’– यादवले भने । स्थानीय चुनावलाई संघर्षको कार्यदिशा बनाउनु पर्नेमा मधेशलाई विकासबाट बञ्चित गर्ने दुष्साहस नगर्न समेत उनले राजपालाई सुझाव दिए ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा, आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न, मधेशलाई विकासको मूलसँग जोड्न र आगामी आन्दोलनको लागि शक्ति सञ्चय गर्ने उद्देश्यले फोरम नेपाल चुनावमा होमिएको यादवले प्रष्ट पारेका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ, १० असोज । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं...

सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ –सांसद इन्द्रहाङ सुब्बा

गान्तोक, २१ सेप्टेम्बर । भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन...

किरात समाजको प्रथम वार्षिक साधारण सभा–२०७६ भव्यरूपमा सम्पन्न

ललितपुर, २३ भदौ । किरात समाज, लुभु ललितपुरको प्रथम वार्षिक साधारण सभा भदौ २१...

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

ललितपुर, २२ साउन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको...

बुद्धि दाइको घरजम भएपछि मेरो हुन्छ– कुमार तामाङ

पछिल्लो समय कुमार तामाङ हैट्को डुब्लिकेटको रुपमा चर्चित छन् । आमा शान्तामाया थिङ र...

प्यारडाईमको १७ औ अभिभावक दिवसमा रमाए विधार्थी

काठमाडौं, २९ फागुन । सामाखुशीस्थित प्यारडाईम पब्लिक स्कुलले आफनो १७ अभिभावक दिवस शनिबार विविध...

मोडलिङ मेरो रहरमात्र हो –साइना सुब्बा आङथुपो (फोटो फिचरसहित)

काठमाडौं, २७ फागुन । केही महिनाअगाडि विश्व मानव उत्थान तथा मेलमिलाप संघको स्थापना भएको...

ललितपुर विशालचोकको वेरीजोन एक्टिङ स्टुडियो ‘तुम्बीबाजे’ मय

ललितपुर, १६ माघ । नखिपोट, विशालचोकस्थित ‘वेरी जोन एक्टिङ स्टुडियो’ माघको ४ गतेदेखि १२...