काठमाडौं
एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित मिस मंगोल नेपाल २०१७ को उपाधि सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले चुमेकी हुन् । राजधानीमा शनिबार आयोजित प्रतियोगीतामा आफ्ना २९ प्रतिष्पर्धीलाई उछिन्दै शिर्ष उपाधीसहित उनले एक लाख रुपैयाँ पुरस्कार हात पारेकी छन । उनले मिस पङचुअलको उपाधि समेत हात पार्न सफल भइन् । भविश्यमा वकिल बन्ने लक्ष्य लिएकी अनितालाई अभिनेता नीर शाह, पूर्वप्रहरी महानिरिक्षक कुबेरसिंह राना, स्टान्टर्ड चार्टड बैंकका सीइओ जोसेफ सिल्भानस, मगर समाज सेवा केन्द्रका अध्यक्ष मानबहादुर बुढामगर, अभिनेता भुवन केसी, चलचित्र निर्देशक मिलन चाम्स एवं अभिनेत्रीद्धय सरिता लामिछाने र दिया पुनसम्मिलित निर्णायक मन्डलले विजेता छनोट गरेका हुन् ।
प्रतियोगीतामा अनितालाई पछ्याउँदै बाग्लुङकी २३ वर्षिया खुसी मगर र धरान सुनसरीकी १८ वर्षिया श्वेता थापामगर क्रमशः फस्ट र सेकेन्ड रनरअप घोसित भए । भविश्यमा एन्टरप्रेनर बन्ने लक्ष्य लिएकी फस्ट रनरअप खुसीले बीबीए पुरा गरेकी छन् । हाल बैंक अफ काठमाडौंमा कार्यरत उनले मिस फोटोजेनिकको उपाधि पनि आफ्नो पक्षमा परिन् । त्यसैगरी सेकेन्ड रनरअप श्वेता भारतको बैंङलोरस्थित राजिव गान्धि कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन । खुसी र श्वेताले क्रमशः ५० र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
मिस मंगोल नेपाल २०१७ मा १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । जसमा रसुवाकी भुमिका थापा मिस लिडरसिप, रामेछापकी रेभा सुनुवार मिस पर्सनालिटी, धनकुटाकी निशा लिम्बु मिस बेस्ट हेयर, काभ्रेकी रेनुका लामा मिस बेस्ट स्किन, सुनसरीकी निशा राई मिस डिस्सिप्लिन, सुनसरीकै महिमा राई मिस फ्रेन्डसिप, काठमाडौंकी केट्रिन कुलुङ मिस पब्लिक च्वाइस र बागलुङकी करुना पुन मिस ट्यालेन्ट घोसित भए ।
प्रतियोगीतामा सहभागीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले चार साता विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी मिस मंगोल नेपालकी सीईओ सुम्निमा देवानका साथै पुर्ण लामा, राजभाई सुवाल, रेनु वाजा लामा, कपिल तमोट, वर्षारानी गुरुङ, गुराँस लिम्बु, सौम्या गुरुङलगायत विभिन्न व्यक्तिहरुले पनि आआफ्नो क्षेत्रमा कक्षा दिएका थिए । सिंगापुर इन्टरप्राइजेजको शीर्ष प्रायोजनमा भएको प्रतियोगतिामा वायो हुस्की, हट सिक्स इनर्जी ड्रिंक, स्काई एजुकेसन कन्सल्टेन्सी, सल्भ एण्ड केयर, मिसुमी कस्मेटिकलगायतको साथ रहेको थियो । मिस मंगोलको यो नवौं संस्करण हो । यसअघि प्रीति गुरुङ, डा. निमा पुन, अनिस्ता गुरुङ, मुस्कान लिम्बु, सपना रोका, सुम्निमा देवान, वर्षारानी गुरुङ र सृष्टि राजकर्णिकारले शीर्ष उपाधि चुमेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।