मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजुलाई - Naya Online

मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजुलाई

सुरुङ्गा (झापा), २८ जेठ । मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् ।

आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल इन्स्टिच्युटमा अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् ।

शनिबार राति सम्पन्न फाइनल अडिसनमा २९ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले सो उपाधि हात पारेकी हुन् । नेवाः देय दबू झापा शाखाको आयोजना तथा बिर्ता मिडिया एन्ड इन्टरटेन्टमेन्टको व्यवस्थापनमा भएको प्रतियोगितामा फस्ट रनर अप बिर्तामोडकी झर्ना श्रेष्ठ भइन् भने सेकेन्ड रनर अप बुधबारेकी सञ्जिता श्रेष्ठ घोषित भइन् ।

फष्ट रनरअपले नगद रु २१ हजारसहित सोही कलेजबाट ५० प्रतिशत छात्रवृत्ति र सेकेन्ड रनरपले नगद रु ११ हजारसहित सोही कलेजबाट २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरेको आयोजक समितिका ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...