गैँडाले हानेर एक गम्भीर - Naya Online

गैँडाले हानेर एक गम्भीर

रत्ननगर (चितवन), २८ जेठ । पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् ।

स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं २७ का भण्डारीको छाती, हातखुट्टा र तिघ्रामा गम्भीर चोट लागेको छ ।

उनको अहिले कलेज अफ मेडिकल साइन्सेज, चितवनमा उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । पछिल्लो समयमा सामुदायिक वनमा वन्यजन्तुको वासस्थान बढ्दो छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडाको आक्रमणबाट बर्सेनि मानिस घाइते हुने र कतिपयको ज्यानसमेत जाने गरेको छ । रासस

तस्वीरः गुगल ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय

काठमाडौँ, २३ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८...

गजल: बिमल खेवाछाली सुलभ

अति उत्तम बिचार तिम्रो, मान्छे मन परिसक्यो, कस्तो सुन्दर संस्कार तिम्रो, मान्छे मन परिसक्यो...

फेरि भेटौला कार्यक्रममा गाउपालिकाका दुई कर्मचारीको बिदाई

-पदम सुखी सम्बाहाम्फे कुम्मायक, ११ फागुन । कुम्मायक गाउपालिकाको कार्यलय प्रमुख प्रशासकीय अधिकृत गणेश...

ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर, ३ पुस । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं...

नोगेन लिम्बुको लिम्बु भाषाको जागृतिमुलक गीत सार्वजनिक

काठमाडौ, १८ मङ्सिरलिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार ...

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको...

यात्रा संस्मरण: माइली !

यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष...

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको...

राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन

२०७८ असोज ७ गते, काठमाडौँ । यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ हाँसी हिँड्छन्...