मोरङ–सुनसरीमा रु १८ करोडमा जनता आवास - Naya Online

मोरङ–सुनसरीमा रु १८ करोडमा जनता आवास

पथरी (मोरङ), २८ जेठ ।

मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख हुनुहुन्छ । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख हुनुभएको हो ।
डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख हुनुहुन्छ । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख हुनुहुन्छ ।
उहाँले भन्नुभयो – “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसो दिन थालेपछि राम्रो भयो ।” उहाँमात्र होइन मोरङको आँपगाछीमा ५०, डाइनियामा ४०, कदमाहामा ५०, सौराभागमा ५०, हात्तीमुडामा ५०, डग्राहामा ७५ लगायत स्थानमा घर निर्माण भइरहेका लक्षित समुदाय निकै खुसी छन् ।
डङ्ग्राहाका मुखानीदेवी सरदारले सरकारलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो – “सरकारलाई धन्यवाद छ, हामीलाई घर बनाउन पैसा दिइरहेको छ ।” जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र विपन्न समुदायलाई सरकारले घर बनाउन रकम दिने भएपछि मख्ख भएका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले सो काम सुरु गरेको हो । विभागले सुरु गरेको विराटनगर चक्रपथ निर्माणको काम सुरु भएको २१ वर्ष पुग्दासमेत ट्र्याक खोल्ने कामसमेत सम्पन्न भएको छैन ।
मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा एक हजार ६०० घर निर्माण भइरहेका छन् । सो कार्यक्रम सञ्चालन गर्न सांसद अमृत आर्यालको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको छ ।
त्यसको सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नापी र मालपोतका कार्यालय प्रमुख पनि सदस्य छन् ।
संसद्को संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले सो काम समयमै सम्पन्न हुने सो क्षेत्रका मौना बाँतरको भनाइ छ । कतै निर्माण सुरु भएको छ भने कतै निर्माणको कामले गति लिएको छ ।
जनता आवास निर्माणका लागि सुनसरी मोरङमा रु १८ करोड ५९ लाख बजेट छुट्याएको छ । यी दुई जिल्लामा एक हजार ६०० आवास निर्माण गर्नुपर्नेछ । सो कार्यक्रमअनुसार जनता आवासको काम दु्रतगतिमा भइरहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङका प्रमुख श्यामकिशोर सिंहले जनता आवासको काम दु्रतगतिमा भइरहेको बताउनुभयो । कार्यालय प्रमुख सिंहले समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...