बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो - Naya Online

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

सुरुङ्गा (झापा), २८ जेठ ।

दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो ।
“के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भन्नुभयो – “हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।”
अनुसन्धानकै क्रममा प्रहरीले शनिबार राति दाहालको घर नजिकै खाल्डो खनेर प्लास्टिकमा बेरिएको अवस्थामा पुरिएको रु ८५ हजार फेला पारेको छ ।
दाहाल परिवारले डेढ महिनाअघि रु एक लाख हत्याका अभियुक्त अधिकारीले चोरेर लगेको आरोप लगाउँदै आएका थिए । दाहाल परिवारले अभियुक्त अधिकारीले सो रकम चोरी गरेको आरोप लगाए पनि खाल्डोमा पुरिएको अवस्थामा रु ८५ हजारमात्र फेला परेपछि बालिका हत्याको विषय थप रहस्यमय बनेको प्रहरीले जनाएको छ ।

बालिका हत्याको अभियोग खेपिरहेका लक्ष्मीप्रसाद अधिकारी ।

दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरीसमक्ष स्वीकारेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकाको अनुहार, टाउको र छातीमा बन्चरो प्रहार गरी गत बुधवार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...