निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ - Naya Online

निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ

भोजपुर, २८ जेठ ।

आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
जिल्ला सुरक्षा समितिले निर्वाचन सहजरुपमा गर्न र निर्वाचन हित विपरीत गतिविधि हुन नदिन विशेष सुरक्षा अपनाएको हो ।
सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई २४सै घन्टा तैनाथ गरिएको सुरक्षा समितिका सदस्य एवम् प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
छपन्न मतदान केन्द्रलाई सुरक्षाका दृष्टिले संवेदनशील केन्द्र भनेको छ । अन्य ८५ केन्द्र भने सामान्य रहेका छन् । संवेदनशील केन्द्र भनिएकामा चार नेपाल प्रहरी र पाँच म्यादी प्रहरी खटिने भएका हुन् । यसैगरी बाहिरी घेरामा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको मोबाइल टोली खटाइने भएको छ ।
निर्वाचनमा थप सुरक्षाका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टरले सुरक्षा दिने व्यवस्था गरिएको छ । भोजपुरका ८१ वडामा ५२ हजार १६ महिलासहित एक लाख पाँच हजार ५५४ मतदाता रहेका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...