राजपाको आधार क्षेत्र सर्लाहीका हजारौं कार्यकर्ता ससफो नेपालमा प्रवेश गर्दै - Naya Online

राजपाको आधार क्षेत्र सर्लाहीका हजारौं कार्यकर्ता ससफो नेपालमा प्रवेश गर्दै

सर्लाही, २८ जेष्ठ ।
सर्लाहीका प्रभावशाली नेता एवम् कार्यकर्ताहरुको ठूलो समूह आज संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गर्दैछन् ।
मधेशको विकास र समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहको निर्वाचन हुनु पर्ने पक्षमा रहेका हजारौं कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेर पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
संघीय समाजवादी फोरम नेपाल सर्लाहीले जिल्लाको क्षेत्र नम्बर ५ मधुवनमा आइतबार दिउँसो आयोजना गर्ने पार्टी प्रवेश एवम् विशाल सभामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजपा परित्याग गरि हजारौंको संख्यामा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको ससफो नेपालका सर्लाही अध्यक्ष अशोक यादवले जानकारी दिनुभएको छ ।
राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको सर्लाही गृह जिल्लामा यसरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरु ससफो नेपालमा प्रवेश गर्न लागेका हुन् । ससफो नेपालले पार्टी प्रवेशको लागि आयोजना गरेको क्षेत्र नम्बर ५ को मधुवन राजपाका महामन्त्री एवम् सांसद् जंगीलाल राय यादवको निर्वाचन क्षेत्र हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका ससफो नेपालका अध्यक्ष उपेन्द्र यादव नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश एवम् चुनावी सभाको लागि आइतबार बिहान सर्लाही प्रस्थान गर्नुभएको ससफो नेपाल सर्लाहीले जानकारी दिएको छ ।
स्थानीय तहको चुनावलाई संघर्षको मुख्य कार्यदिशा बनाएर चुनावमा होमिएको फोरम नेपालमा पार्टी प्रवेश गर्नेको लहर पछिल्लो समय व्यापक हुँदै गइरहेको छ । मधेससँगै पूर्वी पहाडमा पनि ससफो नेपाल प्रवेश गर्नेको लहर बढेको पार्टी स्रोतले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...