ससफो नेपालको घरदैलो कमल गाउँपालिकामा - Naya Online

ससफो नेपालको घरदैलो कमल गाउँपालिकामा

दमक, २७ जेठ ।
संघीय समाजवादी फोरम नेपालले शनिबारबाट कमल गाउँपालिकामा चुनावी अभियानलाई तीव्रता दिएको छ ।
शनिबार कमल गाउँपालिकाका सबै वडालाई समेटेर बृहत् घरदैलो कार्यक्रम सम्पन्न गरिएको ससफो नेपालका लिम्बुवान प्रदेश समिति सदस्य दिपेन बाला राईले जानकारी दिनुभयो । कमल गाउँपालिकाका सबै वडाहरुमा वडास्तरीय प्रचारात्मक कार्य जारी रहेको भन्दै राईले गाउँपालिकाका सबै वडाहरुमा चुनावी सन्देश प्रवाह गर्ने उद्देश्यले बृहत् चुनावी प्रचार कार्य सम्पन्न गरिएको बताउनुभयो ।
ससफो नेपालले कमल गाउँपालिका अध्यक्ष पदमा जितु राईलाई उम्मेद्वार चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा पुस्ता लिङ्देन, कमल गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा विवेक राई, कमल गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा दिवाकर राई, कमल गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा अर्जुनदेव राई र वडा नम्बर ७ को वडा अध्यक्षमा जगत सम्बाहाम्फेलाई उम्मेद्वार चयन गरेको पार्टी स्रोतले जनाएको छ ।
त्यस्तै झापाको दमकमा जारी ससफो नेपाल र नयाँ शक्ति पार्टी नेपालको चुनावी घरदैलो कार्यक्रम शनिबार दमक बजार (दमक–६) मा सुरु भएको ससफो नेपाल लिम्बुवान प्रदेश समिति सचिवालय सदस्य पदमकुमारी राई (लिम्बू)ले जानकारी दिनुभएको छ । दमक–६ पछि जेठ २८ र २९ गते दमक–७ मा घरदैलो केन्द्रित हुने बताइएको छ ।
उता झापाको भद्रपुर नगरपालिकामा पनि चुनावी घरदैलो कार्यक्रम तीव्र गतिमा जारी रहेको ससफो नेपाल लिम्बुवान प्रदेश समिति सदस्य समर राईले जानकारी दिनुभएको छ । भद्रपुरमा सत्रुधन चौधरी मेयर पदमा र शर्मिला फेवादिन (आङ्देम्बे) उपमेयरसहित विभिन्न वडामा उम्मेद्वारी घोषणा गरिएको राईको भनाइ छ ।
झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकामा पनि चुनावी घरदैलो कार्यक्रम जारी रहेको ससफो नेपाल झापाका सचिव सुशील राईले बताउनुभएको छ ।

ससफो नेपालमा प्रवेश गर्ने बढे

यसैबीच शुक्रबार र शनिबार गरी झापामा ४४ जनाले संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका छन् ।
शुक्रबार दमक ९ का विभिन्न १७ जना युवा काँग्रेस, एमाले लगायत पार्टी परित्याग गरि ससफो प्रवेश गरेका पार्टीका दमक नगर सचिव हरि राईले जानकारी दिनुभयो । उनीहरु ससफोको सिद्धान्तमा प्रतिबद्ध भएर पार्टी प्रवेश गरेका बताइएको छ । सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रेमदिप थाम्सुहाङ लगायतले नवआगन्तुकहरुलाई स्वागत गर्नुभएको थियो ।
त्यस्तै शनिबार झापाको गौरादहमा विभिन्न पार्टी परित्याग गरेर २७ जना ससफो नेपालमा प्रवेश गरेका छन् । पार्टीका झापा जिल्ला सदस्य लक्ष्मी सुब्बाले दिएको जानकारी अनुसार उनीहरु काँग्रेस, एमाले लगायत पार्टी परित्याग गरेर ससफो नेपालमा प्रवेश गरेका हुन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...