काठमाडौं, २७ जेठ ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेद्वारहरुलाई आफ्नो दल वा स्वतन्त्र चुनाव चिन्ह अंकित टि–सर्ट, टोपी, झोला वितरण गर्न प्रतिबन्ध लगाउने भएको छ ।
निर्वाचन आचार संहिता विपरित हुने भन्दै आयोगले यस्ता जिन्सी सामग्री बाँढ्न र प्रचार गर्न रोक लगाउने भएको हो ।
निर्वाचन आयोगका आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा शनिबार बसेको निर्वाचन आचार संहिता समितिको बैठकले जिन्सी सामान वितरण गर्न दल र उम्मेद्वारहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । आयोगले सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई यसबारे अनुगमन गर्न निर्देशनसमेत दिने निर्णय गरेको बताइएको छ ।
तर, निर्वाचन आयोगका तर्फबाट अनुगमन फितलो हुँदा ठूला पार्टीहरु नेकपा एमाले, नेपाली काँग्रेस, एकीकृत माओवादी, राप्रपा लगायतले चुनावी प्रचारमा यस्ता सामग्रीहरुको अत्याधिक प्रयोग गर्दै आएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।