सोलुखुम्बु, २७ जेठ । सोलुखुम्बुमा नयाँशक्ति र संघीय समाजवादी फोरमले सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी घोषणा गरेको छ ।
सोलुखुम्बुमा रहेका ७ वटा गाउँपालिका मध्ये ५ वटामा नयाँ शक्ति र १ वटा गाउँपालिकामा संघीय समाजवादीले उम्मेदवारी घोषणा गरेको हो । घोषणा भएका उम्मेदवारहरु दुधकौशिका गाउँपालिकामा मणि तामाङ, सोताङमा प्रेमबहादुर राई, दुधकोशीमा चन्द्र घिमिरे, महाकुलुङमा राम खड्का, लिखुपिकेमा मुनिन्द्र बस्नेत र खुम्बुपासाङल्हामुमा महेश रानामगर रहेका छन् ।
उम्मेदवारको तयसँगसँगै व्यापक प्रचारप्रसार भइरहेको पनि दुधकौशिका गाउँपालिकाका अध्यक्ष उम्मेदवार मणि तामाङले जनाएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।