सप्तरीमा सुरक्षा व्यवस्था कडा - Naya Online

सप्तरीमा सुरक्षा व्यवस्था कडा

सप्तरी, २७ जेठ । आउँदो असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यस जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले अहिले निर्वाचन सहज रुपमा गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी तथा म्यादी प्रहरीलाई २४ सँै घन्टा तैनाथ गरिएको प्रहरी उपरीक्षक एवम् प्रमुख अनुराग द्विवेदीले बताउनुभयो ।

जिल्लामा सुरक्षाका लागि २४ औँ घन्टा प्रहरीले जाँच र निगरानी गरिरहेको छ भने प्रहरीको मोबाइल गस्तीसमेत परिचालन गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा थप जनशक्ति परिचालन समेत गरिएको छ ।

प्रहरी उपरीक्षक द्विवेदीका अनुसार प्रत्येक मतदानस्थलको निरीक्षण गरेर आवश्यकताअनुसार थप प्रहरी परिचालन गरिने छ । जिल्लाका अति संवेदनशील मतदान केन्द्रमा पाँच प्रहरी र नौ म्यादी प्रहरी तथा संवेदनशील मतदान केन्द्रमा चार प्रहरी र छ म्यादी प्रहरी खटाइने योजना छ ।

जिल्लामा २९२ मतदानस्थल राखिएका छन् जसमध्ये २०६ अति संवेदनशील र ८६ संवेदनशील मतदानस्थल रहेका छन् । त्यस्तै, ४६१ मतदान केन्द्रमध्ये ३२६ अति संवेदनशील र १३५ संवेदनशील रहेको बताइएको छ ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय सप्तरीले स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी भइसकेको र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतसमेत खटिसकेको जनाएको छ ।

तर राष्ट्रिय जनता पार्टीको आन्दोलन गर्ने घोषणाले यहाँका मतदातामा द्विविधा उत्पन्न गरिदिएको छ । जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता तोकिएको मितिमा निर्वाचन हुने वा नहुनेमा शङ्का व्यक्त गरिरहेका छन् ।

निर्वाचनबारे प्रतिक्रिया दिँदै राजपा सप्तरी जिल्ला संयोजक सुनिल झाले आफूहरुले उठाएको माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रदेश नं. १ मा जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...

जसपा, नेपाल झापामा चौधरी

दमक । जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको छ । बुधबार...

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

दुर्व्यसन विरुद्धको अभियानमा समाज लागिपर्नु पर्छः डीआईजी खापुङ

  विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले दुर्व्यसन...