दमक नगरपालिका वडा नम्बर २ की ९ बर्षिया गङ्गा दाहालको हत्यामा उनकै छिमेकी संलग्न रहेको प्रहरीले जनाएको छ ।
गत २४ गते बञ्चरो प्रहार गरी हत्या भएको अवस्थामा गङ्गाको शब उनकै घरमा फेला परेको थियो । घटनामा उनकै छिमेकी दमक २ का ४३ बर्षीय लक्ष्मीप्रसाद अधिकारीको अभियुक्त रहेको अनुसन्धानबाट खुल्न आएको छ । ईलाका प्रहरी कार्यालय दमकले शुक्रवार पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दाहाल परिवारसँग आरोपित अधिकारीको राम्रै सम्बन्ध रहेको भएपनि अधिकारीले दाहाल परिवारको गरिबीको फाईदा उठाएको देखिएको छ ।
अधिकारीलाई प्रहरीले घटना भएको भोलिपल्ट उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई जवर्जस्तिकरणी र कर्तब्य ज्यान मुद्धा लाग्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अधिकारीले आफ्नो अपराध स्विकार गरेको छ । यसअघि मृतककै दिदी हत्यामा संलग्न भएका बिभिन्न अड्कलबाजीहरु बाहिर आए पनि उनको यो घटनामा कुनैपनि संलग्नता नदेखिएको दमक प्रहरी प्रमुख राजन लिम्बुले बताएका छन् । मृतककी दिदीको कुनै संलग्नता छैन ः प्रहरी घटना साढे ४ वजेर ४५ मिनेटमा भएको थियो । घटनाको प्रत्यक्षदर्शी थिईन मृतककै दिदी ।
उनलाई हत्याका अभियुक्तले धम्क्याएका कारण उनले घटनाबारे कसैलाई नभनेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ । अझ उनले प्रतिकार समेत गरेको र उनको हातमा समेत चोट लागेको प्रहरी बताउछ । तर गम्भिर प्रश्न त यो छ कि जब दिदिले बहिनीको हत्या भएको आखै अगाडी देखेकी छिन् अनि साढे २ घण्टासम्म उनी डरले नै बसेकी थिईन पनि भनिएको छ ।
तर उनले त्यो करिव सवाघण्टा अवधिमा नुवाई धुवाई गरेको र लुगा धोएको भएपनि लामो समय घटनाबारे थाहा नभएको बहाना अधिकारीको धम्किो त्रासका कारण गरेको प्रहरी बताउछ । अझ घरभित्र त्यत्रो घटना हुँदा घर भन्दा ५० मिटर पर थ्रेसर लगाएर धान झार्न केहि ब्याक्तिहरु भेला भएका थिए । हत्याराले बञ्चरो प्रहार गरि हत्या गरेको देखिन्छ । अझ बन्चरोमा हातको चक्रको प्रमाण नदेखियोस भनेर हातमा पलाष्टीकको कभर लगाएको समेत बयान छ । घटनापछि बन्चरो र प्रयोग भएको हतियार कलमा पखालेर दैलाको पछि लुकाएको समेत अधिकारीको बयानका आधारमा प्रहरीले खुलाएको छ । यदी यसो हो भने घटना आकस्मिक नभएर योजनाबद्ध भएको अनुमान सहज गर्न सकिन्छ । तर त्यत्रो घटना हँुदा छिमेकका कसैले थाहा नपाएको र पछि मृतककी जेठी दिदीले घटना देखेपछि गाउलेलाई खवर गरेको भनिएको छ । यसो हो भने अनुसन्धान विभाग घटनाको चुरोसम्म पुग्न सकेन कि ? भन्ने प्रश्न उठेको छ ।
घटनालाई अझ केलाएर हेर्ने हो भने एक महिना अघि बैशाख ४ गते दाहाल परिवारको घर भित्रैबाट १ लाख रुपैया चोरी भएको थियो । परिवारका सबैले सो चोरी अधिकारीले नै गरेको हो भनिरहेका बेला समाजका केही अगुवाहरुले छिमेकीसँगको सम्वन्ध नबिगार्नु भनेर थुमथुमियाएको एक छिमेकीको भनाइ छ । त्यति हँुदा पनि दाहाल परिबारले यो घटना प्रहरीसम्म पुर्याउन नदिन शिक्षक पेशाका छिमेकी र अगुवा लागिपरेको परिवार श्रोतको भनाइ छ । हत्याको घटना भएको दिन पनि अधिकारी सोही घरमा माथि चढेको मृतककी माईली दिदिले देखेकी रहेछन् ।
घरको तलामाथिको कोठामा बहिनी सुतीरहेकी थिईन । केहिबेरसम्म पनि अधिकारी तल नओर्लिएपछि मृतककी दिदी घर माथि गईन् । त्यसपछि त्यहाँ उनलाई अधिकारीले अभद्र ब्यवहार गरेको र प्रतिकार गर्दा भएको होहल्ला सुतिरहेकी बहिनीले थाहा पाईन, उनी उठेर चिच्याएको पनि भनिएको छ तर उनी चिच्याउन थालेपनि उनलाई अधिकारीले बञ्चरो प्रहार गरेका थिए, भन्ने अनुसन्धानको रिपोर्टमा आएको विषय विरोधाभाष देखिन्छ ।
आप्mनै बहिनीमाथि बन्चरो प्रहार गरेको देखिदेखी उनी लुगाधुन ओर्लिनु र थाहा नपाएझै गर्नु ? आप्mनै दिदी र भाइलाइ नसुनाउनु ? बन्चरो समाउन प्रयोग भएको प्लाष्टिक उनैले प्रयोग गरेको चुलोमा जलाएको देख्नु, घटनाबारे कसैलाई नभन्नु ? बहिनीलाई मार्नुपर्ने कारण अनुसन्धान शुरु भएपछिको १४ घण्टासम्म लुकाउनु जस्ता विषय विरोधाभाष देखिन्छन् ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्वुलाई यो विषय विरोधाभाष छ नि ? भनि गरिएको प्रश्नको जवाफमा उनले भने–हामीले १० दिनको म्याद थप गराएर घटनाको थप अनुसन्धान गरिरहेछौ, भन्ने जवाफ दिए । घटना भएका बेला मृतककी आमा, अर्की दिदी र एकजना दाजु घरमा थिएनन् । पारिवारिक श्रोतका अनुसार मृतककी आमालाई उनै अभियोगी अधिकारीले साइकलमा चढाएर बजार पुर्याएर फर्किएको र मृतकका दाजुलाई सलाइ किनेर आउन भनेर अभियोगी अधिकारी र उनकी दिदीले पैसा दिएर पसल पठाएको बुझिएको छ ।
उनी सलाइ किनेर आएपछि गोठ गएको र गोठबाट फर्किदा अभियुक्त अधिकारी घरवाट बाहिरिँदै गरेको र (बलात्कार) बारे कसैलाई सुनाए यसरी नै आमा छोरालाई नै मारिदिने भनेपछि भागेर नजिकैको थे्रसर लगाएको तिर भागेको भएपनि सानी बहिनीलाई मारिसकेकोबारे दिदीलेपनि भाइलाई नसुनाएको र पछि मात्रै थाहा भएको बयान छ । बुवा भने कामको शिलशिलामा ताप्लेजुङमा थिए ।