परराष्ट्रमन्त्री र वैदेशिक रोजगार व्यवसायीबीच भेट - Naya Online

परराष्ट्रमन्त्री र वैदेशिक रोजगार व्यवसायीबीच भेट

काठमाडौँ, २६ जेठ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रतिनिधिमण्डलले आज भेटी वैदेशिक रोजगार समस्या समाधान कार्यदलको सदस्यमा सङ्घको पनि प्रतिनिधि सहभागी गराइनुपर्ने माग गरेको छ ।

उपप्रधानमन्त्री महराले बुधबार कार्यभार सम्हालेलगत्तै पहिलो निर्णयका रुपमा वैदेशिक रोजगार समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको थियो ।
कार्यदल गठन गर्ने निर्णयका लागि धन्यवाद दिँदै त्यसको सदस्यमा सङ्घका अध्यक्षलाई सहभागी गराउन आफूहरुले परराष्ट्रमन्त्रीलाई आग्रह गरेको र त्यसमा उहाँले सकारात्मक प्रतिक्रिया दिएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो ।
भेटमा सङ्घको प्रतिनिधिमण्डलले कतारमा रहेका नेपाली श्रमिकको विषयमा परराष्ट्रमन्त्री महराको ध्यानाकर्षण गराएको थियो । कतारमाथि खाडीका चार राष्ट्रले गरेको नाकाबन्दीपछि नेपालीमाथि परेको असरबारे मन्त्रालयले सो देशमा रहेको नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहेर बुझिरहेको महराले जवाफ दिनुभएको थियो । त्यहाँ रहेका नेपालीलाई कुनै ठूलो समस्या नरहेको परराष्ट्रमन्त्रीले जानकारी दिनुभएको महासचिव गुरुङले बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...