कैलाली, २६ जेठ । गोदावरी नगरपालिका–८ स्याउलेबाट सुदूरपश्चिमको पिछडिएको जाति भनेर चिनिने वादी समुदायकी चन्द्राकुमारी वादी उपप्रमुखमा पहिलो महिला उम्मेदवार बनेकी छन् ।
सङ्घीय समाजवादी फोरम, नेपालले २८ वर्षीय वादीलाई गोदावरी नगरपालिका–८ बाट उपप्रमुखको उम्मेदवार बनाएको छ ।
सङ्घीय समाजवादी फोरम, नेपालको भ्रातृ सङ्गठन सङ्घीय मजदुर टे«ड युनियन सङ्घको केन्द्रीय सदस्यसमेत रहनुभएकी वादीले सुदूरपश्चिममै पिछडिएको वादी समुदायको अधिकारका लागि समय समयमा आवाज उठाएकाले पार्टीले आफू उपयुक्त उम्मेदवार ठानी छनौट गरेको जानकारी दिनुभएको छ । उहाँले असार १४ गतेको दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो हार जित जे भए पनि यस समुदायका तर्फबाट प्रमुखको उम्मेदवार हुन पाएकामा निकै नै हर्षित भएको बताउनुभएको छ । रासस
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।