विजयपुरको संरचना बिगारेकोमा चार किरातको आपत्ति - Naya Online

विजयपुरको संरचना बिगारेकोमा चार किरातको आपत्ति

स्वर्णिमहाङ फोम्बो

धरान, २६ जेठ । धरानमा चार किरात संस्थाले किरातहरूको ऐतिहासिक पहिचान बोकेको किरात राजा बुद्धिकर्णको दरबार परिसरमा जथाभावी संरचना बिगारेकोमा आपती जनाएको छ । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र किरात सुनुवार सेवा समाज धरान सुनसरीको संयुक्त हस्ताक्षरमा आपती जनाएको हो ।

विज्ञप्तीको पूर्ण पाठ यस्तो छ ।
“किरातहरूको ऐतिहासिक पहिचान वोकेको किरात एकताको धरोहर किरात हाङ बुद्धिकर्णको दरवार परिसरमा साँस्कृतिक तथा धार्मिक आस्थाको केन्द्रको रूपमा बर्षौंदेखि किरातीहरूले पुज्दै र संरक्षण गर्दै आईरहेको किराती पूजा स्थलमा रहेको शिला ढुङ्गाहरू, किरातीहरूको आस्थाका धार्मिक तथा सांस्कृतिक सामाग्रीहरू माथि भौतिक आक्रमण गरी जथाभावी रूपमा फालिएको प्रति चार किरात जन्य संस्थाहरू घोर निन्दा तथा भत्र्सना गर्दछ ।
यो कार्य सुनियोजित रूपमा सिङ्गो किरातसमुदाय प्रतिको प्रहारको रूपमा लिएका छौं । मिति २०७३ पुस २७ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि ए.डि.वि.को सहयोगमा सञ्चालित धरान खानेपानी परियोजनाले खानेपानी ट्यांकी निर्माण गर्न किरात दरवार क्षेत्रभित्र रहेको साँस्कृतिक तथा धार्मिक स्थलमा रुखहरू काटेको विरोधमा चार किरात संस्थाहरूले संयुक्त रूपमा धरान उप­महानगर पालिकालाई ज्ञापन पत्र बुझाउदै उक्त कार्य रोक्न माग गरेको र चार किरात जन्य संस्थाहरू र धरान उप­महानगर पालिकाविच ७ बुद्धे सम्झौता भएको सर्वविद्धितै छ । सम्बन्धित पक्षवाट उक्त सम्झौता कार्यन्यन गर्ने र गराउने कुरामा हामि विश्वस्त थियौं । तर यस कार्यले सम्भौता कार्यन्वयन गर्ने भन्दा पनि निश्चित समुदायलाई उक्साई हामीमाथि प्रहार गर्ने जुन षडयन्त्र भएको छ त्यस घृणित कार्यप्रति चार किरात जन्य संस्थाहरू घोर आपत्ति प्रकट गर्दै विरोध गर्दछ । उक्त घटनाको छानविन गरि सत्य तथ्य पत्ता लगाउन सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराउदैं दोषीलाई कडा कारवाही गरियोस् भनी जोडदार माग गर्दछौं । अन्यथा हामी कडा प्रतिवाद गर्दै विरोध कार्यक्रमहरू सार्वजनिक गरि प्रदर्शनमा उत्रने जानकारी गराउदाछौं । यसबाट हुन आउने सम्पूर्ण क्षतिहरूको जिम्मेवारी सम्बन्धित निकायहरूले लिनपर्नेछ ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...