शिक्षकको अनुदान रोकिँदा पढाइ प्रभावित - Naya Online

शिक्षकको अनुदान रोकिँदा पढाइ प्रभावित

जाजरकोट, २६ जेठ । प्रतिविद्यार्थी अनुदान रकम (पिसिएफ) कटौती हुँदा जिल्लाका करिव २५ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

विद्यालयहरुले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो । शैक्षिक सत्र ०७३÷७४ मा जाजरकोटका २२७ विद्यालयका २५० शिक्षकका लागि उक्त रकम निकासा भएको छैन । शिक्षा विभागले चालु वर्षमा २७ माध्यमिक, १४० प्राथमिक र ६० आधारभूत विद्यालयमा आउने अनुदान कटौती गरेको छ । स्वीकृत तथा राहत दरबन्दीसमेत नभएका विद्यालयमा आउने प्रतिविद्यार्थी अनुदान कटौती हुँदा समस्या भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।

पिसिएफ रकम निकासा नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको भगवती मावि कुदुका प्रधानाध्यापक प्रताप रोकाय बताउनुहुन्छ । पिसिएफकै भर विद्यालयले ९ र १० कक्षाको पठनपाठन चलाउँदै आएकामा उक्त अनुदान निकासा नभएपछि समस्या भएको प्रअ रोकायले बताउनुभयो । “विद्यालयमा गणित, अङ्ग्रेजी, विज्ञानलगायत विषय नै पढाउने शिक्षक छैनन,” उहाँले भन्नुभयो ।
“शिक्षाबाट गत आवसम्म पिसिएफ शीर्षकमा रु तीन लाख निकासा आउँथ्यो । त्यही रकमले मावि तहको पठनपाठन सञ्चालन गर्ने शिक्षक राखेका थियौँ”, उहाँले भन्नुभयो । विभागले प्राविदेखि मावि तहका प्रतिविद्यालयलाई ५० हजारदेखि तीन लाखसम्म उक्त अनुदान निकासा दिँदै आएको थियो । गत आव पिसिएफ शीर्षकमा दुई करोड ४४ लाख निकासा आएकामा चालु वर्षमा शून्य भएको सिंहले बताउनुभयो । जाजरकोटमा मावि, निमावि र प्रावि तहका ४३५ विद्यालयमा ७०० शिक्षक दरबन्दी नपुग रहेको शिक्षा कार्यालयले जनाएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...