ज्ञानु केदेम, इलाम
माङसेबुङ इलाम । इलामको माङसेबुङ गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेदवारी घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्षमा धनमाया राइ र उपाध्यक्षमा विनोद नेम्वाङको उम्मेदवारी परेको छ । यसरी नै माङसेबुङ गाउँपालिका वडा नं ५ माङसेबुङमा अध्यक्ष केवी राइ, महिला सदस्य सरिता सेर्मा, दलित सदस्य लिला पोख्रेल र खुल्ला सदस्यमा किसान खजुम र दुरेन आङदेम्बे रहेका छन् भने, अन्य वडाहरुमा केही दिनमै उम्मेदवारी टुंगो लगाउने माङसेबुङ गाउँपालिका चुनाव प्रचारप्रसार समिति संयोजक किसान खजुमले जनाएक छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।