अशोक गुरुङ
संखुवासभा, २५ जेठ । संघीय समाजवादी फोरम नेपालले संखुवासभाको १ नगरपालिका र २ गाउँपालिकाको प्रमुखमा उम्मेदवार चयन गरेको छ । जिल्लास्थीत खाँदबारी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद तामाङ र उपप्रमुखमा टीका कपालीलाई चयन गरिएको छ । त्यसैगरी सभापोखरी गाउँपालिकामा फरि दाहाल र उपप्रमुख सुस्मा तामाङ (बिक)को चयन भएको छ भने सिलिचोङ गाउँपालिकाको प्रमुखमा तुला राई र उपप्रमुखमा कृष्णकुमारी राईलाई तय गरेको छ ।
उम्मेदवारहरु नयाँ शक्तिसँगको छलफलपछि तय गरिएको जिल्ला अध्यक्ष कवानसेन राईले जानकारी दिएका हुन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।