दमकका तीन वडामा समाजवादी फोरम र नयाँ शक्ति अब्बल बन्दै - Naya Online

दमकका तीन वडामा समाजवादी फोरम र नयाँ शक्ति अब्बल बन्दै

दमक, २५ जेठ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले दमकमा जारी राखेको चुनावी घरदैलो अभियानका क्रममा दमकमा विभिन्न तीन वटा वडामा आफूहरु बलियो रहेको दावी गरेका छन् ।
दुवै पार्टीको संयुक्त निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिले जेठ २१ गतेदेखि थालेको वडा केन्द्रित घरदैलो कार्यक्रम जारी रहेका बेला दुवै पार्टी सम्बद्ध नेता तथा उम्मेद्वारहरुले आफूहरु जनतामाझ पुगेपछि माहोल फेरिएको जिकिर गरेका हुन् ।
‘चुनावी घरदैलोका क्रममा अधिकांश जनताले पुरानो भन्दा पनि नयाँ पार्टीलाई नै मौका दिनुपर्ने भन्दै समर्थन गरेका छन् । हामी ढिलो चुनावी मैदानमा आए पनि तीव्र गतिमा प्रभाव बढाउन सफल भएका छौं’, परिचालन समितिका संयोजक कमन देवानले भन्नुभयो ।
नयाँ शक्तितर्फबाट दमक ५ को वडाअध्यक्षमा उम्मेद्वारी दिएका युवा उम्मेद्वार राजु खड्काको जित सुनिश्चित भइसकेको नयाँ शक्ति पार्टीका प्रदेश नम्बर १ सदस्य योगेश उप्रेतीले दावी गर्नुभयो । ‘हामी चुनावी माहोल पल्टाउन आतुर छौं । ५ नम्बर वडामा हाम्रो जित निश्चित छ’, उप्रेतीले जिकिर गर्नुभयो ।
दमक–१ मा बुधबार मात्रै पहिलो चरणको घरदैलो सकिएसँगै माहोल उल्टिएको संघीय समाजवादी फोरमका झापा जिल्ला सचिव सुशीलकुमार राईले बताउनुभयो । दमक–१ की १ मात्र महिला वडाअध्यक्ष उम्मेद्वार ओममाया आङ्देम्बेलाई जातीय र लैङ्गिक दुवै तर्फबाट सहयोग हुने ससफो नेपालले विश्लेषण गरेको छ ।
त्यस्तै, दमक ७ मा बिगतदेखि नै लिम्बुवान पक्षधर जनसमुदायको वर्चश्व कायम रहेकाले हालै संघीय लिम्बुवान पार्टी ससफो नेपालसँग एकता भएसँगै गजेन्द्र लावती उम्मेद्वार बन्नुभएको छ । लिम्बुवानका स्थापित नेता लावतीले घरदैलो अभियान र प्रचार प्रसारलाई व्यापकता दिनुभएको छ ।
दमक–७ का अधिकांश वडाअध्यक्षका उम्मेद्वार हाटखोला केन्द्रित रहेकामा सबै उम्मेद्वारहरु भन्दा पनि लावतीको प्रभाव राम्रो रहेको पार्टी स्रोतले जनाएको छ । ‘उहाँ वडा अध्यक्षका प्रत्यासीहरु मध्ये प्रमुख दावेदारमा पर्नुहुन्छ’, ससफो नेपालका लिम्बुवान प्रदेश समिति सदस्य सुरेश लावतीले भन्नुभयो ।

घरदैलो अभियान जारी

संयुक्त निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिले आह्वान गरेको चुनावी घरदैलो कार्यक्रम दमक ५ र १ वडामा सम्पन्न भएको बताइएको छ । बिहीबारबाट दमक ८ मा सुरु भएको अभियान २७ र २८ गते दमक ६ (मुख्य बजार) मा सञ्चालन हुने समितिले जनाएको छ । दुवै पार्टीका तर्फबाट मेयर पदका उम्मेद्वार सतिश साहको वडा भएकाले पनि दमक ६ मा विशेष चुनावी प्रचारात्मक कार्यक्रम केन्द्रित हुने समितिको भनाइ छ ।
प्रवल सम्भावनामा पर्ने दमक ७ मा जेठ २९ र ३० गते विशेष घरदैलो कार्यक्रम राखिएको संयोजक देवानले बताउनुभएको छ । ‘मेयर र उपमेयर पदका उम्मेद्वारहरुसमित विशेष वडाहरुमा जनताका घरघरमा पुगेर मत मागिरहेका छौं’, देवानको भनाइ छ ।
ससफो नेपाल र नयाँ शक्तिले मेयर पदमा साहसहित उपमेयर पदमा गंगा सागर शेर्मा र अन्य विभिन्न वडाहरुमा उम्मेद्वार तय गरेको छ । वडा नम्बर १, ५, ६ र ७ मा सबै सेट उम्मेद्वार तय गरिएको हो भने वडा नम्बर ८, ३ मा वडा अध्यक्षसहित केही सदस्य पदका उम्मेद्वार तय गरिएको छ । दमक ८ मा उमेश गजमेरले वडा अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ भने ६ मा पुष्प न्यौपाने र ३ मा डम्बर तिम्सिनाको उम्मेद्वारी परेको छ ।
दमक १ मा वडा सदस्यहरुमा खुल्लातर्फ कुमार राई, पञ्चमाया लिम्बू, महिला सदस्यमा कृष्णकुमारी अधिकारी (कल्पना) र दलित महिला सदस्यमा कल्पना विकको उम्मेद्वारी रहेको छ । त्यस्तै दमक ५ मा भने खुल्ला सदस्यतर्फ पुष्कर पोख्रेल र महिला सदस्यमा उमा मगर (लिम्बू), दलित महिलातर्फ सीता परियारको उम्मेद्वारी परेको छ ।
दमक ७ मा खुल्ला सदस्यतर्फ महेन्द्र सुब्बा, सन्तकुमार राई (सन्तोष), महिला सदस्यमा विष्णुमाया चेम्जोङ (कल्पना) र दलित महिलातर्फ लक्ष्मी सार्कीको उम्मेद्वारी परेको छ । दमक ६ को खुल्ला सदस्यतर्फ गुड्डु जैसवाल, महिला सदस्यमा सुनिता पोँदार, दलित महिला सदस्यमा सुनिता मोची र वडा नम्बर ३ का खुल्ला सदस्यहरुमा गंगाप्रसाद दुलाल र नरेन्द्रकुमार शेर्मा उम्मेद्वार रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...