‘राजपा आउनुस् सँगै निर्वाचन लडौँ’–अध्यक्ष यादव - Naya Online

‘राजपा आउनुस् सँगै निर्वाचन लडौँ’–अध्यक्ष यादव

काठमाडौँ, २५ जेठ ।

सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गर्नुभएको छ ।
रिपार्टर्स क्लबको साक्षात्कारमा उहाँले भन्नुभयो – “राजपाका नेताहरु निर्वाचनमा आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” भनेर मैले अपिलै गरेको छु अस्ति प्रधानमन्त्रीको निर्वाचनमा मधेसी उम्मेदवार हुनुहुन्नथ्यो तर, लाइन बसेर मतदान गर्नुभयो अब, तराई–मधेसमा मधेसी उम्मेदवारहरु छन् तिनलाई मतदान गर्नुहुन्न भन्नुहुँदैन होला, त्यसैले उहाँहरु निर्वाचनमा आउनुहुन्छ ।”
अध्यक्ष यादवले दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन भए जनतामा थप उत्साह आउने भन्दै मधेसमा निर्वाचनप्रति जनतामा व्यापक उत्साह पाएकाले निर्वाचनपछि अन्य दलको तुलनामा राम्रो परिणाम ल्याउने दाबी गर्नुभयो । समाजवादी फोरम स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति नेपालसँग साझेदारी गरेर निर्वाचनमा सहभागी भएको थियो ।
सरकारमा सहभागिताबारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले संविधान संशोधन र मुद्दा सम्बोधन प्राथमिकता भएकाले सरकारमा सहभागिताबारे सोचेको छैन भन्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...