प्रहरीको फन्दाबाट उम्केको युवा बेपत्ता भएपछि बाग्लुङ बन्द ! - Naya Online

प्रहरीको फन्दाबाट उम्केको युवा बेपत्ता भएपछि बाग्लुङ बन्द !

बागलुङ, २५ जेठ ।

लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका युवाको खोजी गर्न माग गर्दै पीडित पक्षले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् ।
मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन हराएपछि परिवार र आफन्तजन आन्दोलित बनेका हुन् ।
भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएको भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । बागलुङबाट कुश्मातर्फ जाँदै गरेको ध१ज ४१४ नंको ट्याक्सीमा सवार पुनसहित अन्य दुई युवा लागुऔषधसहित फेला परेका थिए । खानतलासीका क्रममा ट्याक्सीभित्र लागुऔषध फेला परेको थाहा पाउनेबित्तिकै पुन कालीगण्डकी नदीतिर भागेको जिप्रका, बागलुङका प्रनाउ अनिलकुमार खड्काले बताउनुभयो ।
ट्याक्सीमा रहेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामालाई भने नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । उनीहरुको साथबाट लुकाइछिपाइ राखेको लागुऔषध डाइजेपाम–३ एम्पुल, नुर्फिन–तीन, फेनार्गन–चार, नाइट्राजेपाम–तीन र चार थान सुई प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै युवामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने डरले नदी तरेर भाग्ने क्रममा बीचमै बेपत्ता भएको हुन सक्ने अनुमानमा प्रहरीले मङ्गलबार रातिदेखि नै पुनको खोजी कार्य सुरु गरेको थियो । दुई दिन बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि पुनका परिवार र आफन्तजन आन्दोलनमा उत्रेका हुन् । उनीहरुले आज बिहान १० बजेदेखि बागलुङ सदरमुकाममा यातायात र पसल बन्द गराएका छन् । घटनाको सत्यतथ्य छानबिन र बेपत्ता पुनको अवस्था सार्वजनिक नगरेसम्म विरोधका कार्यक्रम जारी राख्ने पीडित पक्षका भुवन कँडेलले बताउनुभयो ।
यता, प्रहरीले भने पोखराबाट आएको सशस्त्र प्रहरीको खोताखोर टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको जनाएको छ । “नदी किनारलगायत सम्भावित क्षेत्रमा अस्तिदेखि नै खोजी कार्य चलिरहेको छ”, प्रनाउ खड्काले भन्नुभयो – “घटनाप्रति प्रहरी संवेदनशील भएर लागेको छ ।” परिवार र आफन्तजनले भने प्रहरीले घेरा हालेर पक्राउ गर्न खोज्दा पुन डरले नदीभित्र पसेको बताएका छन् ।
प्रहरीले नदीले बगाएको प्रत्यक्ष रुपमा नदेखेको बताए पनि स्थानीय बासिन्दा र केही प्रत्यक्षदर्शीले पौडी खेल्दै पारि तर्न खोजेका पुन नदीको बीच भागमा पुगेर हराएको जनाएका छन् । पीडित पक्षले सहज रुपमा पक्राउ नगरेर प्रहरीले अनावश्यक तनाव दिएपछि नदीतिर भाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै प्रहरीको आलोचना गरेका छन् । प्रहरीले भने पक्राउ गर्न लाग्दा पुन आफैँ भागेर बेपत्ता भएको जनाएको छ । पीडित पक्षले मङ्गलबार पनि घटनाको विरोधमा केहीबेर सडक बन्द गराएका थिए । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...