सर्पदंशका बिरामी बढे - Naya Online

सर्पदंशका बिरामी बढे

गौशाला, २५ जेठ ।

पटक पटकको वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १०/१२ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक विनोद राउतले बताउनुभयो । गर्मी र वर्षायामअघि कहिलेकाहीँ फाटफुट रुपमा सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका थिए ।
जलेश्वर अस्पतालमा आउने सर्पदंशका बिरामीमध्ये अधिकांशलाई विषरहित सर्पले टोकेको हुन्छ भने धेरैलाई तराईमा पर्याप्त मात्रामा पाइने विषालु करैत सर्पले टोकेको आउने गरेका छन् । तर कोही गोमन र अन्य विषालु सर्पले टोकेका बिरामी पनि आउने गरेको चिकित्सक राउतले बताउनुभयो ।
सर्पदंशको बिरामीलाई उपचार गर्ने क्रममा एउटा बिरामीलाई पाँच÷सातदेखि १०÷१२ र कसै कसैलाई विषको मात्राका आधारमा बढीमा ३०/४० भाइल एन्टिस्नेक भेनम नामक सर्पदंश विरुद्धको औषधि दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । अहिले जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीलाई लगाउने एन्टिस्नेक भेनम पर्याप्त मात्रामा रहेको र समयमै अस्पतालमा आइपुग्ने बिरामी कोही पनि सर्पदंशका कारण मर्न नसक्ने अवस्था रहेको अस्पताल प्रमुख डा नागेश्वर यादवले बताउनुभयो । तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरी जिल्लाको विभिन्न गाउँठाउँबाट सर्पले टोकेको बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...