‘हमलाका निम्ति साउदी अरेबिया तथा अमेरिका दोषी’ - Naya Online

‘हमलाका निम्ति साउदी अरेबिया तथा अमेरिका दोषी’

बिबिसी नेपाली सेवा ।

इरानले उसको राष्ट्रिय संसद तथा आयातोल्लाह खोमेनीको समाधिस्थलमा बुधबार गरिएका आक्रमणको दोष साउदी अरेबिया र अमेरिकालाई लगाएको छ। विद्रोही समूह इस्लामिक स्टेट आइएसले जिम्मा लिएको उक्त हमलाका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ

सामेल

इरानको शक्तिशाली रिभोलुसनरी गार्ड्स सेनाले ती हमलाका पछाडी साउदी अरेबिया तथा अमेरिकाको हात रहेको आरोप लगाएको छ। इरानका अनुसार राजधानी तेहरानमा भएका हमलाका आक्रमणकारी आइएसमा सामेल भएका इरानीहरु हुन्। आत्मघाती हमलाकारीहरु सबै मारिएका थिए। तेस्रो आक्रमणको योजना गरिरहेका विश्वास गरिएका पाँच जना पक्राउ परेका छन्।

बीबीसी सम्वाददाता पल एडम्स भन्छन्, “केही महिना यता आइएसले इरानको विरुद्ध वयानबाजी तीव्र पारेको थियो। उसले इरानका अल्पसंख्यक सुन्नी मुसलमान समुदायलाई बहुसंख्यक शिया नियन्त्रणविरुद्ध उत्रन उकासिरहेको थियो।”

तनाव

मध्येपूर्वमा साउदी अरेबिया तथा अन्य अरब राष्ट्रहरुले अतिवादीहरुलाई सहयोग गरेको अनि इरानसंग सम्बन्ध बढाएको आरोपमा कतारसंग सम्बन्ध विच्छेद गरेपछि उत्पन्न तनावका माझ तेहरानमा उक्त घटना भएको छ। सुन्नी शासित साउदी अरेबिया तथा शिया बहुल इरान सो क्षेत्रका कट्टर प्रतिस्पर्धी हुन्।

यसअघि आइएस समूहले इरानमा उसको पहिलो आक्रमणको जिम्मा लिएको थियो र शिया मुसलमान बहुल इरानमा थप आक्रमणको चेतावनी दिएको थियो। इरानको रिभोलुसनरी गार्ड्सले राष्ट्रपति ट्रम्पले सो क्षेत्रको भ्रमण गरे लगत्तै भएको सो हमलाका निम्ति साउदी अरेबिया र अमेरिकालाई दोष दिएको छ। अमेरका तथा साउदी अरेबिया दुवैले सो आक्रमणको निन्दा गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणका १२ मृतकप्रति समवेदना प्रकट गर्दै आतंकवादलाई प्रश्रय दिने राज्यहरु त्यसैको शिकार हुने खतरा रहेको चेतावनी दिएका छन्।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...