दुर्गमका विद्यार्थीलाई सोलार टुकी वितरण - Naya Online

दुर्गमका विद्यार्थीलाई सोलार टुकी वितरण

बाजुरा, २५ जेठ ।

बाजुराका दुर्गम विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ ।
जिल्लाका २५ वटा विद्यालयका एकहजार दुईसय ७३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हालै सोलार टुकी वितरण गरिएको जिल्ला समन्वय समितिअन्तर्गत जिल्ला वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा, बाजुराले जनाएको छ ।
नौवटा स्थानीय तहमा रहेका साविकका उत्तरी भेगमा पर्ने विच्छ्या, रुगिन, जुकोट, वाई, बाँधु गाविसमा रहेका विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ ।
यसैगरी, दहकोट, आटिचौर, मार्र्तडी, काँडा र जयबागेश्वरीका गाविसका विद्यार्थीलाई सोलार टुकी वितरण गरेको जिल्ला वातावरण ऊर्जाका प्रमुख इन्जिनियर तालबहादुर रावतले जानकारी दिनुभएको छ ।
जिल्लाका दुर्गम गाविसमा विद्युत् नहँुदा पढाइमा समस्या भएकाले सोलार टुकी वितरण गरिएको हो । वर्षौंदेखि दियालो र सल्लाको रुखको झरो बाल्दै आएका विद्यार्थीले अब भने उन्मुक्ति पाउने भएका छन् । रावतले जिल्लामा हुने एसइई परीक्षामा संलग्न विद्यार्थीलाई बढी प्राथमिकता दिइएको बताउनुभयो ।
जिल्लाका जेहेन्दार र गरिब विद्यार्थीलाई विद्यालयको सिफारिसमा सोलार टुकी दिइएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्र्रकाशराज पौडेलले बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...