भ्रष्टाचारको आरोपमा विद्यालय बन्द ! - Naya Online

भ्रष्टाचारको आरोपमा विद्यालय बन्द !

जाजरकोट, २५ जेठ ।

जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका वडा नं ६ का स्थानीयबासीले यहाँको इन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् ।
विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको, विभिन्न शीर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णबहादुर शाहीले बताउनुभयो ।
विद्यालयमा तालाबन्दी गर्दै तत्कालीन प्रधानाध्यापक तथा हालका शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही माथि लाखौँ रकम अनियमितता गरेको आरोप लगाएको छ । विसं २०६८/६९ सालमा साविकको गाउँ विकास समिति थालारैकरबाट उच्च मावि सञ्चालनका लागि ल्याइएको रु १२ लाख ९७ हजार उच्च मावि सञ्चालन नगरी अनियमितता भएको आरोप लगाइएको छ ।
त्यस्तै, २०७२/७३ मा सांसद रीता रावलले सांसद विकास कोषमार्फत उपलब्ध गराएको रु एक लाख ७२ हजार फर्निचर निर्माण नगरी हिनामिना भएको पनि आरोप लगाइएको छ । फिल्ड निर्माणका लागि खेलकुद विकास समितिद्वारा उपलब्ध गराएको रु १० लाखको काम नगरी अनियमितता गरेको आन्दोलनकारीले आरोप लगाएका छन् ।
२०७३/७४ मा गाविसबाट विद्यालयको भवन निर्माणका लागि ल्याएको रु तीनलाख रकम काम नगरी हिनामिना गरेको, २०७१ सालदेखि अहिलेसम्म प्रतिविद्यार्थी रु तीन हजारका दरले प्रमाणपत्र लिएबापत उठाएको रकम विद्यालयको खातामा नभएको समेत आरोप लगाइएको छ ।
यस विद्यालयका तत्कालीन प्रधानाध्यापक नरेन्द्र शाहीले अहिलेका प्रअ निमबहादुर खत्रीलाई खाता, हिसाब अहिलेसम्म उपलब्ध नगराएको समेत आन्दोलनकारीले आरोप लगाएका छन् । तालाबन्दी गर्नुको कारण जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालयसमेतलाई जानकारी गराएको र सबै कुराको हिसाब नहुञ्जेलसम्म ताला नखोल्ने सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर शाहीले बताउनुभयो ।
धेरै पटक हिसाब माग्दा मतलव नगर्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको शाहीले बताउनुभयो । चुनाव हारेको झाँेकमा आफूमाथि आरोप लगाएको अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो । केही काम भएको र बाँकी काम हुँदै गरेको पनि उहाँले बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...