पञ्चकोसी राजमार्गः सुर्खेतदेखि दैलेख सदरमुकामहुँदै चीनसम्म जोडिने - Naya Online

पञ्चकोसी राजमार्गः सुर्खेतदेखि दैलेख सदरमुकामहुँदै चीनसम्म जोडिने

दैलेख, २५ जेठ । दैलेख ऐतिहासिक महत्वको जिल्ला भएकाले यहाँ रहेको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोसी राजमार्ग निर्माण गरिने भएको छ ।

सरकारले बजेटमा सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै महावु–जुम्ला, रारा ताल हुँदै चीनसितको सम्बन्ध विस्तारका लागि नाँक्चे नाग्ला सम्मको सडक विस्तार गर्ने महत्वपूर्ण योजना ल्याएपछि दैलेखका बासिन्दामा खुसीयाली छाएको छ ।

पञ्चकोसी क्षेत्रको नामबाट दैलेख परिचित भएकाले उक्त सडकको नामै पञ्चकोसी राजमार्ग राखिएको अर्थ मन्त्रालयका सल्लाहकार डा पूण्यप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

रेग्मीका अनुसार दैलेख सदरमुकाम हुँदै पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण समेत हुने सडक भएकाले यसको नाम पञ्चकोसी राजमार्ग राखिएको छ । बजेटमा व्यवस्था गरेर रकम विनियोजनसँगै काम सुरु हुन्छ, रेग्मीले भन्नुभयो ।

पञ्चकोसी राजमार्ग सञ्चालन भएमा सुर्खेतको देउती बज्यै, दैलेखको कोटिला, शिरिस्थान, नाभिस्थान, पञ्चिस देवल, महावु धाम, जुम्लाको चन्दननाथ, मुगुको रारा हुँदै मानसरोवरसम्म सडकबाट पुग्न सहज हुनेछ भने चीनसँगको सम्बन्ध विस्तारका लागि सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

दैलेख जिल्ला भ्रमणमा आएका बेला दैलेखका पत्रकारले सञ्चालन गरेको पर्यटन महोत्सवलाई थप सहयोग पुग्ने अभियानसँगै पत्रकारले मुख्य मागको रुपमा राखेको दैलेखको कोटीला मन्दिर क्षेत्रमा मानव निर्मित ताल निर्माणमा समेत यो वर्षदेखि काम सुरु हुने रेग्मीले बताउनुभयो ।

यो वर्ष अध्ययनका लागि रकम विनियोजन गरिएको छ । अध्ययनको प्रतिवेदनपश्चात थप रकम विनियोजनसँगै काम सञ्चालन हुन्छ, रेग्मीले भन्नुभयो । स्थानीय चुनावमा जिल्लाका सबै राजनीतिक दलको प्रतिबद्धतामा समेत उक्त कुरा उल्लेख गरिएको थियो ।

दैलेख सदरमुकामभित्र रहेका ऐतिहासिक कोतगडी र पञ्चदेवलको विकासका लागि पनि सरकारले रकम विनियोजन गरेको रेग्मीले बताउनुभयो । यसअन्तर्गत विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सिफारिस भएको पञ्चिस देवलसम्म सहज आवतजावतका लागि गणेशचोक हुँदै भुर्ती पञ्चदेवल, पिउसेसम्म सडकले जोडिने भएको छ ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष शान्तिप्रसाद शर्माले दैलेख सदरमुकामको भाग्य र भविष्य निर्धारणमा पञ्चकोसी राजमार्गले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यो सडकले जुम्ला, कालीकोटको आधा भूभागका मानिसको सम्बन्ध दैलेख सदरमुकामसँग जोड्ने बताउनुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...