विप्लवकै गाउँबाट पक्राउ परे कलाकार - Naya Online

विप्लवकै गाउँबाट पक्राउ परे कलाकार

रोल्पा, २५ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १० जना कलाकारलाई प्रहरीले मङगलबार रोल्पाको इरिवाङबाट पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट जलजला सांस्कृतिक परिवारका सदस्य रहेका उनीहरुले सांस्कृतिक अभियानमार्फत जनजागरण तथा जनप्रतिरोध अभियान सञ्चालन गरिरहेको बेला पक्राउ परेको बताइएको छ ।

कलाकारलाई प्रहरीले पक्राउ गरेको पुष्टि गर्दै नेपाल कम्युनिस्ट पार्र्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’ले शान्तिपूर्वक अभियानमा संलग्न रहेका कलाकार र कार्यक्रम हेर्न पुगेका विद्यार्थी पक्राउ गर्नुले स्वतन्त्रतापूर्वक कार्यक्रम गर्न पाउने अधिकार माथि हस्तक्षेप गरेको प्रतिक्रिया दिनुभयो । आफैँले बनाएको बुर्जुवा संविधानको समेत अपमान गरिरहेको नेता सुवासको भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालय रोल्पाले भने चुनाव विरोधी गतिविधि गरिरहेको बेला उनीहरु पक्राउ परेको बताएको छ । पक्राउ परेकामा १६ देखि २३ वर्ष उमेर समूहका कलाकार रहेको बताइएको छ । हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुलाई सार्वजनिक मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गजेन्द्र चौधरीले जानकारी दिनुभयो ।

यसअघि रोल्पाबाट प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ । त्यसरी पक्राउ पर्नेमा नेपाल पत्रकार महासङ्घ रोल्पाका प्रदेश पार्षद पुष्टमान घर्ती र जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल घर्तीसमेत तीनजना छन् ।

जिल्लामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता यति धेरै पक्राउ परेको यो पहिलो घटना हो । नेत्रविक्रम चन्द ‘विप्लव’को गाउँ इरिवाङबाट ती कलाकार पक्राउ परेको बताइएको छ । कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि सो पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ता सदरमुकाम छोडी अर्धभूमिगत अवस्थामा रहेका छन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...