अल्लोको कपडा उत्पादनबाट सक्षम बन्दै रुकुमका महिला - Naya Online

अल्लोको कपडा उत्पादनबाट सक्षम बन्दै रुकुमका महिला

रुकुम, २५ जेठ । भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ ।

आफ्नो कुनै पेसा नहुँदा दिनभर फुर्सदमा हुने उहाँलाई यो चटारोले छोएको करिब दुई वर्ष भयो । अल्लोको धागो उत्पादनको कच्चा पदार्थको जोहो गर्ने, धागो बनाउने र कपडा बुन्ने काममा उहाँ दैनिकजसो व्यस्त हुनुहुन्छ ।

भुमे गाउँपालिका–४ स्थित तल्लो साकिममा रहेको झुङलुङ सामुदायिक वनमा पाइने अल्लोको उपयोग गरी यहाँका महिलाले अल्लोको धागो तथा कपडा बनाउने उद्योग स्थापना गरेपछि उद्योगमा कार्यरत सातजना महिलालाई भ्याइनभ्याइ छ ।

उद्योगमार्फत महिलाले राम्रो रोजगारी पाएका मात्र छैनन् समाजमा उदाहरणीय समेत बन्दै गइरहेका छन् । अहिले जिल्लामा अल्लोको कपडाको मूल्य प्रतिमिटर रु ८०० छ भने धागो किलोको रु एक हजार २०० मा बिक्री हुने गरेको छ । उद्योगमार्फत वन समूहमा आबद्ध सातजना महिलाले नियमित रोजगारी पाइरहनुभएको छ ।

उद्योग तथा वन समूहकी अध्यक्ष पनि रहेकी बुढा उद्योगमार्फत आत्मसम्मानमा वृद्धि हुने, रोजगारी सिर्जना हुने र जीविकोपार्जनमा सहयोग भएको बताउनुहुन्छ । उहाँहरुका अनुसार मासिक रु दशहजारदेखि २० हजारसम्म रकम आम्दानी हुने गरेको छ । छोटो समयमा नै उद्योगले राम्रो प्रगति गरेकाले यसैलाई नै पेसा बनाएको बुढाले बताउनुभयो ।

उत्पादित धागो स्थानीय बजारमा मात्र पठाउन सकिएको उहाँको भनाइ छ । अल्लोको कपडा र धागोको माग मुलुकका ठूला सहर र सदरमुकाममा भएपनि मागअनुसार पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ । कच्चा पदार्थ प्रशस्त मात्रामा वनमै पाइने भएकाले पनि उद्योगलाई समस्या नभएको बुढाको भनाइ छ ।

जिल्ला वन कार्यालय र बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालले उद्योग सञ्चालनका लागि महिलालाई निःशुल्क तालिम र दुईवटा तान निःशुल्क प्रदान गरेको थियो ।

तालिम र उद्योगको लागि चाहिने सामग्री पाएपछि आफूहरुको आत्मविश्वास बढेको र उद्योग सञ्चालन गर्ने जाँगर पलाएको बुढाको भनाइ छ । दुईवटा मेसिनले उत्पादन गरेको सामग्रीले माग धान्न गाह्रो परिरहेकाले थप तान थपी उद्योगलाई अझ ठूलो लगानी र क्षमताको बनाउँदै लैजाने योजना महिलाको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...