राजकुमार खायाखीम
काठमाडौं धनकुटा राजारानी मा जन्मिएको देबेन चेम्जोङ मल्टी ट्यालेन्टेड प्रतिभा हुन्।
उनको ‘स्पर्श’ अल्बम भित्रको मर्म स्पर्शी गीतले तपाई हामी हर कोहिलाई छुन्छ । देबेन आफै लेख्छन् आफै कम्पोज गर्छन् र आफै गाउछ्न यति धेरै प्रतिभा भएर पनि खासै बाहिर आउन नसकेको उनि गुनासो पोख्छन्।
बास्तबमा हिजोआज राम्रोलाई हैन हाम्रोलाइ प्राथमिकता दिने कुरा उनी बताउँछन्। यो आमा गीत जस्ले हर कोहिको बाल्यकाल को याद दिलाउछ अनि आमा बाबा बास्तबमा संसारकै महत्वपूर्ण र महान हुनुहुन्छ भन्न खोजिएको छ जब बाल्यकाल मा हरेक पल भुल्न नसक्ने क्षण दिनुहुन्छ हामी सबैको आमा बाबा हरुले अनि ठुलो भएर हामी समयको बेगसंगै बाध्यताको जन्जिरहरुमा टाढिन्छौ अनि बचपनको बिम्ब यहि गित मा सर्लक्कै उतारेका छन देबेन ले। बाकी सांगीतिक यात्राले सफलता पाओस आज भने यहि ‘आमाको काख’ मर्म स्पर्शी तपाईं हाम्रो लागि।
|
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।