‘तारेभीर’ को रिलिज डेट असार २ - Naya Online

‘तारेभीर’ को रिलिज डेट असार २

दमक, २४ जेठ ।
नारी संघर्ष र सामाजिक परिवेशको चित्रण गर्ने चलचित्र ‘तारेभीर’ असार को । चलचित्र असार २ गतेबाट देशभरका हलहरुमा एक साथ प्रदर्शनमा आउने पक्का भएको छ ।
यसअघि जेठ १९ को रिलिज डेट पाएको ‘तारेभीर’ ले आफ्नो पछिल्लो रिलिज डेट असार २ गते भएको जानकारी दिएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मको प्रोमोशनलाई तीव्रता दिइएको तारेभीरका निर्माता डी.के. देवानले जानकारी दिनुभएको छ । केही स्थानमा यसअघि नै च्यारेटी शो गरिसकेको तारेभीरले मोफसलका दर्शकहरुबाट राम्रो रेस्पोन्स पाएको निर्माण पक्षले दावी गरेको छ ।
चलचित्रको ट्रेलरले पनि धेरैलाई प्रभावित पारेको भन्दै निर्माण पक्षले हलसम्म तारेभीर हेन आउने दर्शकले निरास भएर फर्कनु नपर्ने दावी गरेको छ ।
आफ्नो परिवार, समाज र देशका लागि केही गर्छु भन्ने उद्देश्यबाट प्रेरित युवतीले प्रहरीमा भर्ती भएर समाजमा विद्यमान अपराध, विसंगति र विकृतिविरुद्ध गरेको संघर्षलाई चलचित्रको मुख्य सन्देश मानिएको छ ।
नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्ट कम्पनीको प्रस्तुति रहेको चलचित्रमा कलाकारहरु बिष्णु चेम्जोङ, नबिन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउकृष्ण दिवान, रमेश सिंह, दिपेश श्रेष्ठ, अजय कुमार माझी, मन्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मा आदि रहेका छन् ।
चलचित्रमा प्रेम सुब्बा र कृष्ण आचार्यको कथा, युवराज राईको नृत्य, जनक गुरुङको द्वन्द्व, राम प्रसाद चौधरीको सम्पादन र प्रकाश गुरुङ, सनुप पौडेल र ब्राबिम सेर्माको संयुक्त संगीत रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...