प्रदेश नं १ मा स्थानीय निर्वाचनको तयारी दु्रतगतिमा - Naya Online

प्रदेश नं १ मा स्थानीय निर्वाचनको तयारी दु्रतगतिमा

पथरी (मोरङ), २४ जेठ ।

आगामी असार १४ गते हुने स्थानीय निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार प्रदेश नं १ मा रहेका १४ जिल्लाका १३७ गाउँपालिकामा स्थानिय निर्वाचन हुनेछ ।
पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार कोसी पूर्वका १४ जिल्ला समेटिएको प्रदेश नं १ मा तीन उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका छन् । ती स्थानीय तहमा एक हजार १५७ वडा छुट्याइएको छ ।
असार १४ गते हुने निर्वाचनका लागि २६ लाख ७४ हजार ५५७ मतदाताको नामावली प्रकाशित गरिएको छ । एक हजार ८६२ मतदानस्थल रहेको प्रदेश नं १ मा तीनहजार ४६० मतदान केन्द्र तोकिएको छ ।
यस प्रदेश अन्तर्गत मोरङ जिल्लामा एक उपमहानगरसहित आठ गाउँपालिका र आठ नगरपालिका छन् भने १५९ वडा तोकिएको छ । मोरङपछि दोस्रो बढी मतदाता रहेको जिल्ला झापा हो । झापामा पाँच लाख १० हजार २१३ मतदाता छन् । आठ नगरपालिका र नौ गाउँपालिका रहेको झापा जिल्लामा १३१ वडा विभाजन गरिएको छ । त्यस्तै, दुई उपमहानगरसहित छवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको सुनसरी तेस्रो बढी मतदाता भएको जिल्ला हो । १२४ वडा रहेको सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता छन् ।
प्रदेश नं १ मा रहेका जिल्लामध्ये सबैभन्दा बढी मोरङ जिल्लामा पाँच लाख ६३ हजार ८७० मतदाता रहेका छन् । त्यसैले मतपत्र गनेर प्याक गर्ने काम धमाधम भइरहेको मोरङका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताउनुभयो ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार सबैभन्दा कम तेह्रथुम जिल्लामा ६० हजार ७०४ मतदाता रहेका छन् । ९५ हजार ३६७ मतदाता रहेको धनकुटा जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् ।
त्यस्तै, एकलाख ८९ हजार २७४ मतदाता रहेको इलाम जिल्लामा १० वटा स्थानीय तह छन् जसमा चार नगरपालिका र छवटा गाउँपालिका छन् । ९६ हजार ६५७ मतदाता रहेको सङ्खुवासभा जिल्लामा १० वटा स्थानीय तह छन् । ७६ वटा वडा रहेको सङ्खुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।
यसैगरी, तेह्रथुम जिल्लामा ६० हजार ७०४ मतदाता रहेका छन् भने दुई नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा ४३ वडा छन् । आठवटा स्थानीय तह रहेको पाँचथर जिल्लामा एक लाख १६ हजार ६२६ मतदाता छन् । एउटा नगरपालिका रहेको पाँचथर जिल्लामा ६० वटा वडा तोकिएको छ ।
त्यस्तै, एक नगरपालिकासहित आठवटा स्थानीय तह रहेको ताप्लेजुङ जिल्लामा ७० हजार ७७८ मतदाता छन् । सो जिल्लामा ६१ वडा निर्धारण गरिएको छ । नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा एकलाख पाँच हजार ५५३ मतदाता रहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका तोकिएको भोजपुरमा ८१ वटा वडा रहेका छन् ।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको सोलुखुम्बु जिल्लामा ६१ हजार ७४६ मतदाता रहेका छन् । सोलुखुम्बुमा ५२ वटा वडा विभाजन गरिएको छ । ९१ हजार ५०८ मतदाता रहेको ओखलढुङ्गा जिल्लामा आठवटा स्थानीय तहमा ७५ वटा वडा निर्धारण गरिएको छ भने एक लाख १५ हजार ६४४ मतदाता रहेको खोटाङ जिल्लामा एक नगरपालिकासहित आठवटा स्थानीय तह छन् ।
यसैगरी, एकलाख ७५ हजार ४६१ मतदाता रहेको उदयपुर जिल्लामा चार नगरपालिका र चार गाउँपालिकामा ७५ वटा वडा विभाजन गरिएको छ । चुनावको सबै तयारी पूरा भएपनि पटक पटक चुनाव सर्दा चुनाव हुने वा नहुने भन्ने अन्योल कायमै रहेपनि मुलुकको विकासका लागि चुनाव गराउनैपर्ने सर्वसाधारणको भनाइ रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...