नयाँ सरकारले सबैको भावनालाई समेट्ने प्रधानमन्त्रीको विश्वास - Naya Online

नयाँ सरकारले सबैको भावनालाई समेट्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बन्ने सरकारले सबैको भावनालाई समेटेर राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्दै उहाँले आफूले गणतन्त्रयता नेकपा (एमाले)का नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिसकेको र हाल काँग्रेसका सभापति देउवालाई बहालवाला प्रधानमन्त्रीका हैसियतले नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्न पाउनुले राष्ट्रिय एकता र समझदारीको आवश्यकताको परिणाम भएको बताउनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकलाई समाजवादको आधार तय गर्न आर्थिक सामाजिक रुपान्तरणमा जान सकिएमा नेपाललाई छिट्टै विकासको मार्गमा लान सकिने बताउँदै आफूले छिमेकी भारत र चीनका प्रधानमन्त्री र राष्ट्रपतिसँग सँगै बसेर नेपालको विकासबारे कुरा गर्ने मौका मिलेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “काँग्रेसले मलाई गुण लगायो, मैले पनि तिरेँ भोलिका दिनमा एमालेका अरू नेतालाई पनि प्रधानमन्त्रीमा प्रस्ताव गर्न पाऊँ, राष्ट्रको बृहत्तर हितका सन्दर्भमा सबै मिल्नुपर्छ ।”

सभापति देउवाले व्यक्त गरेका प्राथमिकता र प्रतिबद्धतामा सफलता मिलोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नयाँ परिस्थितिमा काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न लागेको हो, विगतमा राजाले फाल्ने र ल्याउने गरी देउवा प्रधानमन्त्री बन्न खोजेको अवस्था होइन, मेरो शुभकामना छ, उहाँको कार्यकाल पूर्ण सफल होस् भन्नुभयो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...