बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा - Naya Online

बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा

सन्देश सुब्बा/ २३ जेठ

पाँचथर/ विश्वमै लोपोन्मुख जङ्गली जनावरको सूचिमा रहेको सालकको लुकिछिपि चोरी शिकारी गर्ने क्रम बढ्दो अवस्थामा रहेको बेला पाँचथरका एक युवाले भने बाटोमा भेटेको सालक प्रहरीलाई खबर गरी जिम्मा दिएका छन् ।
जिल्लाको फालेलुङ गाउँपालिका–५, लुङमादिनका सन्दिप थाम्सुहाङले सोमबार साँझ बाटोमा भेटेको सालक प्रहरीलाई खबर गरी मंगलबार जिम्मा दिएका हुन् । सदरमुकाम फिदिमदेखि घर फर्किने क्रममा साँझ छ बजेतिर थाम्सुहाङले फालेलुङ गाउँपालिका–७, थोक्पनमा उक्त सालक भेटेका थिए ।
मानिस देखेपछि गोलो बनेर बाटोमै बसेको सालकलाई थाम्सुहाङले घरमा लगि प्राङ्बुङ प्रहरी चौकीमा खबर गरी जिम्मा दिएका हुन् । भाले जातको उक्त सालकलाई जिल्ला वन कार्यालय पाँचथर सँग परामर्श गरी जङ्गलमा छोड्ने वा के गर्ने भन्नेबारे निर्णय हुने प्रहरी चौकी प्राङबुङका असइ बल बहादुर श्रेष्ठले बताए ।
विश्वबाटै लोप भएर जान लागेको सालकको संरक्षण होस भने आफूले प्रहरीलाई खबर गरी जिम्मा दिएको थाम्सुहाङले बताए । सालकको खपटा महंगो मूल्यमा लुकिछिपि ब्यापारीले खरिद गर्ने गरेका कारण पूर्वी पहाडमा सालकको चोरी शिकारी गर्ने क्रम बढ्दो छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...