थपिँदै ठूला लगानीका होटल - Naya Online

थपिँदै ठूला लगानीका होटल

तेह्रथुम बजार

तेह्रथुम, २३ जेठ । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ ।

पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा सुविधा सम्पन्न होटल खुलिरहेका छन् । यसरी खुलेका होटल तथा रिसोर्ट पर्यटकलाई आकर्षित गर्ने ध्येयले सञ्चालित छन् । हालसालै फेदाप गाउँपालिका– २, ओयाक्जुङमा अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ ।

प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ । करिब रु एक करोडको लागतमा खुलेको सो रिसोर्टमा आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । अग्र्यानिक स्थानीय उत्पादनको प्रवर्धन र पर्यटन विकासमा समेत टेवा पु¥याउने उदेश्यले रिसोर्ट सञ्चालन गरिएको सञ्चालक दुर्गाबहादुर लिम्बु बताउनुहुन्छ । यहाँ पुग्न सदरमुकाम म्याङलुङदेखि करिब आधा घन्टाको यात्रा तय गर्नुपर्छ ।

यस्तै म्याङलुङ नगरपालिका– ३ पिप्लेमा ‘डाउनहिल कटेज’ सञ्चालनमा आएको छ । सो कटेजमा लोकल कुखुरा, लोकल माछा, लोकल खसी, अग्र्यानिक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धनकै लागि सो व्यवसाय थालेको सञ्चालक राजु गड्तौला बताउनुहुन्छ । रु ५० लाखको लागतमा सो कटेज सञ्चालनमा आएको हो ।

पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य नै बनेको अर्को रिसोर्ट हो लालीगुराँस नगरपालिका–९, लसुनेको ‘ब्लाक वाटर रिसोर्ट’ । पहिलेदेखि नै कालापानी नामले परिचित उक्त ठाउँमा माछापालनसमेत गरिएको छ । ट्राउट माछाको स्वाद चाख्न र फार्म हेर्नकै लागि पनि यहाँ सयौँ आन्तरिक पर्यटक आउने गरेका सञ्चालक धर्मराज खड्काले बताउनुभयो ।

“गुराँस हेर्न र रमाउन आउनेको सङ्ख्या अत्यधिक छ,” उहाँले भन्नुभयो । पछिल्लो समय जिल्लाको म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रबारे र सक्रान्तिबजारलगायत क्षेत्रमा आकर्षक सुविधायुक्त होटल थपिएका छन् । लालीगुराँस, ढाका, ह्यात्रुङ झरनालगायत थुप्रै पर्यटकीय क्षेत्रले परिचित जिल्लाका बजारमा पर्यटक लक्षित होटल थपिने क्रम बढेको होटल व्यवसायीय सङ्घका सचिव चेतन सुवेदीले बताउनुभयो ।

सरकारले नमुना सहर बनाउने घोषणा गरेसँगै वसन्तपुर बजारमा होटल व्यवसाय फष्टाउँदै गएको छ । दुई वर्ष यता वसन्तपुर बजारमा दर्जन बढी सुविधायुक्त होटल थपिएका छन् । अव्यवस्थित रुपमा सञ्चालनमा रहेका होटल पुनः व्यवस्थापन र स्तरोन्नति गर्ने क्रम बढेको छ । हालसालै मात्रै नयाँ भवन निर्माण गरेर पर्यटक लक्षित सुविधायुक्त सेवा थप गरी होटलको व्यवस्थापन गरेको याक होटलका सञ्चालक छिरिङ भोटियाले बताउनुभयो ।

पर्यटकीयस्थल तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारसमेत रहेको वसन्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएकाले पनि होटल व्यवसायमा लगानी गर्न व्यवसायी आकर्षित भएका हुन् । अहिले वसन्तपुर बजारमा मात्र साना ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन् । ती होटलमा रु ५० लाख भन्दा बढीको लगानी रहेको छ ।

“व्यवसायीको उत्साह र हौसला बढाउन कतैबाट ध्यान पुगेको छैन,” तेह्रथुम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष महेन्द्र काफ्लेले भन्नुभयो । जिल्लाका पर्यटकीय क्षेत्रको विकास र विस्तारका साथै प्रचारप्रसारमा उचित ध्यान पु¥याउन सके आर्थिक रुपमा जिल्ला चाँडै समृद्ध बन्नसक्ने उहाँको भनाइ छ । जिल्लाको पर्यटन विकासका लागि मध्यपहाडी लोकमार्ग कोसेढङ्गा सावित हुने देखिन्छ । उक्त लोकमार्ग बनेपछि यहाँ होटल व्यवसाय फस्टाउने काफ्ले बताउनुहुन्छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...