अरब राष्ट्रद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद गरेको घोषणा - Naya Online

अरब राष्ट्रद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद गरेको घोषणा

रियाद (साउदी अरब), २२ जेठ । साउदी अरब इजिप्टसहितका केही अरब राष्ट्रले सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका छन् ।

आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।

इजिप्टसहित अरब राष्ट्रका विभिन्न छ मुलुकले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या परेको देखिएको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्र्याउने गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी रियादले कतारले आतङ्कवादी समूह र पृथकतावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति तथा सुरक्षामा समस्या आएको जनाएको छ । अरबले मुस्लिम ब्रदरहुड दाएस (आईएस) र अल कायदा समूहलाई सहयोग गरिरहेको अरबको आरोप छ ।

यसैबीच कतारले आतङ्कवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै कतारमाथि लगाइएका सबै आरोपको खण्डन गरेको छ ।

छिमेकी अरब राष्ट्रहरुले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप तथ्यमा आधारित नरहेका तर झुटा र आधारहीन दाबीमात्र भएको जनाएको छ ।

सम्बन्ध विच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्थाको सिर्जना गर्नु रहेको बताउँदै कतारी प्रशासनले आवश्यक पर्ने सबै उपायलाई अवलम्बन गरी अघि बढ्ने बताएको छ ।

कतार पछिल्लो निर्णयबाट आफूमाथि पर्नसक्ने सबै प्रभावलाई साम्य गर्दै अघि बढ्नेछ, विज्ञप्तिमा भनिएको छ । कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षडयन्त्रबाट अरब राष्ट्रहरुको पछिल्लो निर्णय आएको दाबी गरेको छ ।

इरान र टर्कीद्वारा समस्यालाई वार्तामार्फत् समाधान गर्न आग्रह

इरानले कतार र अन्य अरब मुलुकवीच देखिएकोे समस्या राजनैतिक वार्ता र शान्तिपूर्वक समाधान गर्न दुवै पक्षवीच सम्वाद गर्न आग्रह गरेको छ ।

कतार लगायत अन्य अरवमुलुकसँग सुमधुर सम्वन्ध भएको अर्को मुलुक टर्कीले अरव क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधान गर्न टर्की तत्पर रहेको जनाएको छ ।

पछिल्लो समय देखिएको समस्यालाई सामान्य बनाउन इश्तानबुलले कुनै किसिमको सहयोग गर्ने टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई जनाउनु भएको छ । रासस/ एएफ्पी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

अमेरिकाले गर्‍यो इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण

काठमाडौ, १२ भदौ । अमेरिकी सेनाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई...