चट्याङ लागेर चारजना घाइते - Naya Online

चट्याङ लागेर चारजना घाइते

भीमदत्तनगर, २३ जेठ । कञ्चनपुरको बेदकोट नगरपालिकामा सोमबार चट्याङ लागेर चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चट्याङ लागेर बेदकोट नगरपालिका–३ का २४ वर्षीय राजेन्द्र सार्की र २६ वर्षीय तुलसी सार्की घाइते भएका छन् ।

त्यसैगरी, बेदकोट नगरपालिका–५ की ३५ वर्षीया मानमती विष्ट र बेदकोट–७ का ४० वर्षीय मानबहादुर खुना समेत चट्याङ लागेर घाइते भएको प्रहरी जनाएको छ ।

घाइतेमध्ये राजेन्द्र सार्कीको सेती अञ्चल अस्पताल, धनगढी र अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङकै कारण बेदकोट नगरपालिका–८ का रामसिंह ठगुन्नाको कुखुरा फार्ममा चट्याङ पर्दा करिब ९०० कुखुरा मरेको प्रहरीले जनाएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चुम्लुङ साँस्कृतिक विभागको अध्यक्षमा सागर केरुङ निर्वाचित

धरान, पुस २५ बुधबार । किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय...

स्वावलम्बनद्वारा न्यानो कपडा वितरण

२० पुस २०८० आइतबार, पाँचथर पाँचथरमा फरक क्षमता भएका १८ जना बिद्यार्थीहरुलाइ न्यानो कपडा...

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

भोलि एकहजार एक सय ११ पहिचानको लागि युवा गठन हुने

२६ मंसिर २०८०, पाँचथर। प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरले भोलि (बुधबार)...

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...