उदयपुरमा दलितलाई नसमेटिएको गुनासो - Naya Online

उदयपुरमा दलितलाई नसमेटिएको गुनासो

गाईघाट (उदयपुर), २३ जेठ । आगामी दोस्रो चरणको स्थानीय तहको चुनावमा विभिन्न उम्मेदवारीमा दलितलाई उचित स्थान दिएर समेट्न नसकेको उदयपुरका दलितको गुनासो छ ।

जिल्लाका आठवटा स्थानीय निकायमा चार गाउँपालिका र चार नगरपालिकामध्ये दलितलाई वडाको केही सदस्यमा मात्र सीमित गरिएको समेत नेकपा (एमाले) निकट शिक्षक सङ्गठनका गिरीराज परियारको गुनासो छ ।

नेकपा (एमाले) र नेपाली काँग्रेसमा गरेर जिल्लामा वडा सदस्यबाहेक अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमा समेत जिल्लाका राजनीतिक दलले दलितका लागि उचित स्थान व्यवस्थापन नगरेको काहुराष्ट्र उदयपुरका संयोजक दिलीप रसाइलीले बताउनुभयो ।

यता नेकपा (माओवादी केन्द्र) उदयपुरले भने उदयपुरको ताप्ली गाउँपालिकामा यसपटकको निर्वाचनमा पहिलोचोटी एक दलित युवा ढुगराज विकलाई अध्यक्षको पदमा सिफारिस गरेको कुरा माओवादी केन्द्र उदयपुरले बताएको छ ।

यस्तै, काहुराष्ट्र उदयपुरकै सचिव सुमन परियारका अनुसार पनि जिल्लामा ठूला राजनीतिक दलहरुले स्थानीय तहजस्तो जनप्रतिनिधि छनोट गर्ने चुनावमा पनि दलितलाई नगर र गाउँपालिकाका केही वडाका सदस्यमा पद दिएर झाराटार्ने काम गरेको गुनासो गरेका छन् ।

गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा समेत दलितको सहभागिता हुनुपर्ने र वडाध्यक्षमा त झनै सहभागिता गराउनु पर्ने तर जिल्लाका आठवटा स्थानीय तहको ७५ वटा वडामा दलित वडाध्यक्षमा समेत नपरेको दलित राष्ट्रिय मुक्तिमोर्चाका सदस्य भीम विकले बताउनुभयो ।

यस्तो समावेशीताले दलितको उत्थान हुन नसक्ने समेत जिल्लाका दलित अधिकारकर्मी पाण्डु परियारले समेत गुनासो गर्नुभयो । तर यता जिल्लाका मुख्य राजनीतिक दल एमाले, माओवादी केन्द्र र काँग्रेसका जिल्ला नेताले भने दलितका लागि पनि उचित स्थान व्यवस्था भएको छ र अझै गरिने बताउनुभयो ।

एक दुई दलितबाहेक अझै पनि गाउँमा दलितको उम्मेदवार नै पाउन मुस्किल पर्ने गरेका कारण पनि स्थानीय तहका मुख्य पदमा समावेश गर्न समस्या रहेको समेत राजनीतिक दलका नेताको धारणा रहेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...