उदयपुरमा दलितलाई नसमेटिएको गुनासो - Naya Online

उदयपुरमा दलितलाई नसमेटिएको गुनासो

गाईघाट (उदयपुर), २३ जेठ । आगामी दोस्रो चरणको स्थानीय तहको चुनावमा विभिन्न उम्मेदवारीमा दलितलाई उचित स्थान दिएर समेट्न नसकेको उदयपुरका दलितको गुनासो छ ।

जिल्लाका आठवटा स्थानीय निकायमा चार गाउँपालिका र चार नगरपालिकामध्ये दलितलाई वडाको केही सदस्यमा मात्र सीमित गरिएको समेत नेकपा (एमाले) निकट शिक्षक सङ्गठनका गिरीराज परियारको गुनासो छ ।

नेकपा (एमाले) र नेपाली काँग्रेसमा गरेर जिल्लामा वडा सदस्यबाहेक अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमा समेत जिल्लाका राजनीतिक दलले दलितका लागि उचित स्थान व्यवस्थापन नगरेको काहुराष्ट्र उदयपुरका संयोजक दिलीप रसाइलीले बताउनुभयो ।

यता नेकपा (माओवादी केन्द्र) उदयपुरले भने उदयपुरको ताप्ली गाउँपालिकामा यसपटकको निर्वाचनमा पहिलोचोटी एक दलित युवा ढुगराज विकलाई अध्यक्षको पदमा सिफारिस गरेको कुरा माओवादी केन्द्र उदयपुरले बताएको छ ।

यस्तै, काहुराष्ट्र उदयपुरकै सचिव सुमन परियारका अनुसार पनि जिल्लामा ठूला राजनीतिक दलहरुले स्थानीय तहजस्तो जनप्रतिनिधि छनोट गर्ने चुनावमा पनि दलितलाई नगर र गाउँपालिकाका केही वडाका सदस्यमा पद दिएर झाराटार्ने काम गरेको गुनासो गरेका छन् ।

गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा समेत दलितको सहभागिता हुनुपर्ने र वडाध्यक्षमा त झनै सहभागिता गराउनु पर्ने तर जिल्लाका आठवटा स्थानीय तहको ७५ वटा वडामा दलित वडाध्यक्षमा समेत नपरेको दलित राष्ट्रिय मुक्तिमोर्चाका सदस्य भीम विकले बताउनुभयो ।

यस्तो समावेशीताले दलितको उत्थान हुन नसक्ने समेत जिल्लाका दलित अधिकारकर्मी पाण्डु परियारले समेत गुनासो गर्नुभयो । तर यता जिल्लाका मुख्य राजनीतिक दल एमाले, माओवादी केन्द्र र काँग्रेसका जिल्ला नेताले भने दलितका लागि पनि उचित स्थान व्यवस्था भएको छ र अझै गरिने बताउनुभयो ।

एक दुई दलितबाहेक अझै पनि गाउँमा दलितको उम्मेदवार नै पाउन मुस्किल पर्ने गरेका कारण पनि स्थानीय तहका मुख्य पदमा समावेश गर्न समस्या रहेको समेत राजनीतिक दलका नेताको धारणा रहेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...