म प्रतिनिधि पात्र - Naya Online

म प्रतिनिधि पात्र

सुमित्रा थुलुङ अश्रुधारा

एक दशक अघि म शहर छिर्दा
मेरो भाइलाई भन्दै बाटो लागेको थिए
म फर्किएर आउदा सधै मैले शितल ताप्ने
बुडो वर उसै गरि मुस्कुराउदै होस
छेउछाउमा अरु जवानी उत्तीस र सल्ला
एक अर्का आत्मियताले सुमसुम्याउदै ।
नाचिरहोस हरिण मृगहरु
सुसेल्दै बनको छहारिहरुमा
कालिजको गुड लगाउने कटुसको बोट
कैलेपनी नकाट्नु
नटिप्नु जंगली फूल
म राजधानी बाट पर्यटक लिएर
सगरमाथाको सुन्दरता देखाउन
बेस क्यामहरुमा उक्लिएर
चौरिसित लुकामारी खेल्ने शेर्पाको भेषैमा
फर्कीआउने छु छुर्पी बोकेर।

तर
म फर्किदै फर्किन शहरबाट
बरु अरु दशक बित्यो
यो बिचमा मैले धेरै पटक
मगाइसके जवानी उतिस र सल्लाको
हत्या गरि केही नगदहरु
शहर मोहले गर्दा
म एक प्रतिनिधि पात्र हु अरु जस्तै
म जस्तै म हरु कति होला
बनबिनाशको कारकहरु।

यहि शहरको एक कुनामा
विश्व वातावरण दिवसमा
एक बोट गमलामा फुल रोपेर
ट्वार ट्वार थोत्रो गाडीमा कुदिरहेछ
फाल्दै गाडिबाट धुवा
फैलाएर वायु प्रदुषण ।
सुरक्षाको साइरन बजाएर
ध्वानी प्रदुषण गर्दै
वातावरण मन्त्री
उसैले दिरहेको छ चर्को -चर्को स्वारमा
विश्व वातावरण दिवसको
खोक्रो शुभकामनाहरु
उ एउटा अर्को प्रतिनिधि पात्र।

म जस्तो म हरु बाट सुरु हुनुपर्छ
बोटबिरुवा बचाउ अभियान
हरेक स्कुलको प्रयोग सालामा सिकाइनु पर्छ
जल ध्वनि प्रदुषणको कारणहरु
वन्यजन्तु आरक्षण वन निकुञ्जको महत्त्व
धुवा धुलोले वायुमण्डलमा खराव न्यूनीकरण
किनकी स्कुल अर्को महत्त्वपूर्ण प्रतिनिधि पात्र

वातावरण मन्त्रीले
आफ्नै हातबाट सुरु गर्नु पर्नेछ
ट्वार – ट्वार थोत्रो गाडीहरुले गरेको ध्वानी प्रदुषण
शहरीकरणले निम्त्याएको बायु प्रदुषण
राजधानीको ढल र बागमती विष्णुमती दुर्गन्ध
शिक्षा मन्त्रीले पाठ्यक्रममा सिमित नभएर
प्रयोगशाला सम्म पुराउनु पर्छ वातावरण
जोगाउ भन्ने एउटा अभियान ।

स्कुल देखि कलेज हुँदै घर सम्म
म उनी उ हुँदै उनिहरु सम्म
यसरी नि हस्तातान्तरण गर्ने हो
हाम्रो पुस्ताले पछिल्लो पुस्तालाई
अनि हुनेछ पक्कै
स्वाच्छ बाताबरणको न्यूनीकरण
शिक्षा र संस्कार हाम्रो अभियान सहित  ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...