सहिद पत्नी ससफो नेपालबाट बनिन् उम्मेद्वार - Naya Online

सहिद पत्नी ससफो नेपालबाट बनिन् उम्मेद्वार

मोरङ, २२ जेठ ।
संघीय समाजवादी फोरम नेपालले मधेस आन्दोलनमा सहादत दिने सहिद महादेव ऋषिदेवकी श्रीमतीलाई स्थानीय तह निर्वाचनमा उम्मेद्वार बनाउको छ ।
मधेसमा जारी आन्दोलनका क्रममा मोरङको रङ्गेलीमा २०७२ माघ ७ गते प्रहरीको गोली लागेर मृत्यु भएका ऋषिदेवकी श्रीमती सीतादेवी ऋषिदेवलाई सुनवर्षी नगरपालिका वडा नम्बर ७ को महिला दलित सदस्य पदमा उम्मेद्वारी दिइएको ससफो नेपाल मारङले जनाएको हो ।
तत्कालीन मधेसी मोर्चाको विरोधका बावजुद एमाले महासचिव ईश्वर पोखरेले रङ्गेलीमा सभा गर्न खोजेपछि भएको तनावमा प्रहरीले गोली चलाउँदा ऋषिदेवसहित अन्य तीन जनाको मृत्यु भएको थियो ।
संघीय समाजवादी फोरम नेपालले सहिद परिवारलाई सम्मान स्वरूप प्राथमिकता दिने नीति अनुसार ऋषिदेवलाई उम्मेद्वार चयन गरिएको ससफो मोरङका नेता प्रकाश यादवले बताउनुभएको छ । यसअघि, ससफो नेपाल सिरहाले मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोकी आमालाई गाउँपालिकाको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...